सोम, माघ २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रोहित भन्छन्– कथा मन परेकाले ‘मिरमिरे’मा लगानी गरेँ

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
0
रोहित भन्छन्– कथा मन परेकाले ‘मिरमिरे’मा लगानी गरेँ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चलचित्र वितरक रोहित कट्टेल पहिलोपटक चलचित्र निर्माणमा आएका छन् । चलचित्र वितरक कम्पनी आरआर फिल्म्सका सञ्चालक रोहित चलचित्र ‘मिरमिरे’मार्फत कार्यकारी निर्माता बनेका हुन् ।

चलचित्र वितरण गर्दै आएका उनी किन निर्माता बने ? चलचित्रको कथा मन परेपछि आफू चलचित्र निर्माणका लागि अग्रसर भएको उनको भनाइ छ ।

“निर्माणका हिसाबले मिरमिरे मेरो तेस्रो चलचित्र हो । जब मलाई निर्देशक यम शेर्पाले यो चलचित्रको कथा सुनाउनुभयो मलाई कथा मन प¥यो,” रोहित भन्छन्, “एउटा राम्रो कथामा चलचित्र निर्माणका लागि अफर आउँदा किन सहकार्य नगर्ने भन्ने भएर लगानी गरेको हुँ ।”

बाबु र छोरीबीचको कथाले आफूलाई ‘टच’ गरेको रोहित बताउँछन् । “यो हामी सबै नेपालीको कथा हो । घरघरको कथा हो,” उनी भन्छन्, “हामी धेरै नेपालीले भोगेको र देखेको कथा हो । त्यसैले मलाई सुन्नबित्तिकै यो कथा मन परेको हो ।”

राम्रो कथामा चलचित्र निर्माणका लागि आफू सधैँ तयार रहेको उनी बताउँछन् । कहिले वितरण त कहिले निर्माणमार्फत राम्रो चलचित्र दर्शकमाझ ल्याउनु आफ्नो दायित्व पनि भएको रोहितको भनाइ छ ।

यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’ माघ १ गतेबाट प्रदर्शनमा आउँदै छ । यार्सा फिल्मसको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदीप कुँवर छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेको यस चलचित्रमा सुदीप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बू मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।

चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ ।

यो पनि पढ्नुहोस्

अभिनेता सुनिल थापाको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली

अभिनेता सुनिल थापाको पार्थिव शरिरमा अन्तिम श्रद्धाञ्जली

१४ घण्टा अगाडि
रिलिजको पूर्वसन्ध्यामा ‘द ब्लू लाइट’को नयाँ गीत सार्वजनिक, एडभान्स् बुकिङ खुल्ला  

रिलिजको पूर्वसन्ध्यामा ‘द ब्लू लाइट’को नयाँ गीत सार्वजनिक, एडभान्स् बुकिङ खुल्ला  

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेपाललाई इंग्ल्यान्डले दियो १८५ रनको लक्ष्य

मिस्ट्री स्पीनर शेर मल्ल विश्वकप क्रिकेटबाटै राष्ट्रिय टिममा डेब्यू

यस्ताे छ आजकाे माैसम

झापा २ राष्ट्रिय राजनीतिमा चासोको केन्द्र

फागुन २१ का लागि कांग्रेसले कार्यकर्तालाई खटाउने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक