मङ्ल, फाल्गुन ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युवा उद्यमको विकास नगरी समृद्धि असम्भव

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
युवा उद्यमको विकास नगरी समृद्धि असम्भव
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

रामेछाप । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा सामान्य प्रशासनमन्त्री बिन्दु श्रेष्ठले उद्योग, पर्यटन तथा युवा उद्यमको विकास नगरी समृद्धि सम्भव नहुने जनाएकी छन् ।

मंगलबार मन्थली नगरपालिकामा आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले प्रदेश र स्थानीय सरकारबीच अपेक्षित सहकार्य हुन नसक्दा कतिपय गर्न सकिने कामसमेत गर्न नसकिएको जनाइन् ।

सहकार्यको कमीका कारण मन्त्रालयबाट सञ्चालन हुने केही कार्यक्रम प्रभावकारी हुन नसकेको उनको धारणा छ । बजारको माग के छ भन्ने आधारमा कार्यक्रम छनोट हुनुपर्नेमा जोड दिँदै उनले व्यक्तिगत रूपमा योजना राख्दा कार्यक्रम प्रभावकारी हुन नसक्ने अवस्था रहेको बताइन् । सिमान्तकृत समुदायलाई उद्यमसँग जोड्ने उद्देश्यले मन्त्रालयले केही महत्वाकांक्षी कार्यक्रम ल्याएको उल्लेख गर्दै उनले ती कार्यक्रम सफल बनाउन सबैको सहयोग आवश्यक रहेको जनाइन् ।

प्रदेश सरकार, स्थानीय तह र उद्यमीबीचको सहकार्यमा सञ्चालन हुने कार्यक्रम बढी प्रभावकारी हुन सक्ने धारणा उनले राखिन् । छलफलमा बागमती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठले मन्त्रालयमार्फत केही तालिम तथा अनुदानका कार्यक्रम सञ्चालन भए पनि ती पर्याप्त नभएको जनाए । अन्य जिल्लाको तुलनामा रामेछापमा केही काम भए पनि त्यसले मात्र नपुग्ने उनको धारणा थियो । मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले कम्तीमा एउटा मात्रै भए पनि देखिने खालको उद्यम सञ्चालन गर्न सकिए काम भएको अनुभूति हुने जनाए ।

नगरमा केही कृषि उद्यमीहरू देखिन थाले पनि उनीहरूको उत्पादनलाई व्यवस्थित उद्यमसँग जोड्न नसकिएको उनले जनाए। त्यस्ता उद्यममा मन्थली नगरपालिका ५० प्रतिशतसम्म लगानी गर्न तयार रहेको उनको भनाइ छ । स्थानीय व्यवसायी सुरेश उदासले रामेछापमा ठूला मालबाहक गाडीहरू सिन्धुलीबाट प्रवेश गर्न नदिँदा उद्यम तथा व्यवसाय सञ्चालनमा समस्या भइरहेको जनाए ।

ठूला मालबाहक गाडी सिधै रामेछापसम्म आउन नपाउँदा ढुवानी खर्च बढ्ने र त्यसको असर उत्पादन तथा उपभोग्य वस्तुको मूल्यमा पर्ने गरेको उल्लेख गर्दै उनले यातायात सहज बनाइदिन आग्रह गरे । छलफलका क्रममा मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारको सहयोगमा सञ्चालनमा रहेका विभिन्न उद्योगहरूको स्थलगत अनुगमन गर्दै आवश्यक सुझावसमेत दिएकी थिइन् ।

यो पनि पढ्नुहोस्

मोदी र फ्रान्सका राष्ट्रपतिबीच आज मुम्बईमा भेटवार्ता हुँदै

मोदी र फ्रान्सका राष्ट्रपतिबीच आज मुम्बईमा भेटवार्ता हुँदै

२६ मिनेट अगाडि
साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने

साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने

३० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध

जनप्रतिनिधित्वमा चुनौतीपूर्ण पक्षहरूका विषयमा स्पष्टता दिन आवश्यक

देशको आसन, भाषण र शासनमा सुधार गर्ने

पश्चिमी वायुको आंशिक प्रभाव

Nepal-Pakistan Cricket Tournament 2026

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक