शनि, माघ २४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नक्कली ‘वर्क पर्मिट’ देखाएर ठगी

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
नक्कली ‘वर्क पर्मिट’ देखाएर ठगी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एक कन्सल्टेन्सीले नक्कली ‘वर्क पर्मिट’ देखाएर युवालाई बुल्गेरिया र क्रोएसिया पठाउन पैसा उठाएर ठगी गरेको पाइएको छ ।

काठमाडौं कोटेश्वरस्थित ‘कोज्मो एजुकेसन कन्सल्टेन्सी’ ले चार महिनाभित्र रोजगारीका लागि बुल्गेरिया र क्रोएसिया पठाइदिने भन्दै नक्कली वर्क पर्मिट देखाएर ठगी गरेको पाइएको हो । हालसम्म करिब १ सय जनाले त्यसरी ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएका छन् । त्यसरी ठगिनेमा करिब ३ सय हाराहारी रहेको अनुमान गरिएकाे छ ।

बुझ्न आउनेलाई कार्यालयका कर्मचारीले सुरुमा प्रहरी रिपोर्टमा दूतावासको छाप लगाउन भन्दै २५ हजार रुपैयाँसम्म लिएका थिए । त्यति रकम बुझाएपछि कन्सल्टेन्सीले वर्क पर्मिट दिएको थियो । तर, उक्त वर्क पर्मिट नक्कली थियो । जबकि, वर्क पर्मिट पाएकाले यसअघि बुल्गेरिया तथा क्रोएसिया गएर काम गरिरहेकालाई समेत देखाएका थिए । उनीहरूले समेत ‘यस्तै हुन्छ’ भन्ने जवाफ दिएपछि उनीहरूले थप पैसा दिएका थिए ।

त्यही नक्कली वर्क पर्मिट देखाएर १ लाखदेखि २ लाख ८५ हजार रुपैयाँसम्म बुझाएको पाइएको हो ।

रामेछापका राजेश कार्कीले वर्क पर्मिट दिएको र त्यो अन्यत्र पनि बुझ्दा नक्कली होइन भन्ने भएपछि थप पैसा दिएको बताए । वर्क पर्मिट आएपछि आफूले मेडिकल गर्न २ लाख ३५ हजार बुझाएको उनको धारणा छ । त्यसरी कन्सल्टेन्सी नै खोलेर ठगी गर्नेका मास्टरमाइन्ड हुन्– सर्लाही बहमपुरी गाउँपालिका–१ का ४५ वर्षीय लालबाबु राम ।

कन्सल्टेन्सी सञ्चालक लालबाबु राम ।

उनले कोटेश्वरमा ‘कोज्मो एजुकेसन कन्सल्टेन्सी’ खोलेर ठगी गर्दै आएको पाइएको हो । चार महिनादेखि युवासँग पैसा असुलेर ठगी गर्दासमेत राज्यका नियामक निकायले पत्तो पाएनन् ।

लालबाबुको मास्टरमाइन्ड यतिमै सीमित थिएन । उनले चाबहिलमा समेत अर्को कन्सल्टेन्सी खोलेर बुल्गेरिया र क्रोएसिया पठाउने भन्दै करोडौं असुल गरेको पाइएको छ । उनकै नाममा चाबहिलमा ‘क्रिएटिभिटी एजुकेसन कन्सल्टेन्सी’ मार्फत समेत वैदेशिक रोजगारीमा पठाउने भन्दै करोडौं उठाएको पाइएको हो ।

त्यहाँबाट समेत ठगिने पीडित सम्पर्र्कमा आउन थालेका छन् । अहिलेसम्म करिब २० जना ठगिएको भन्दै सम्पर्कमा आएका छन् । त्यसरी सम्पर्कमा आएका करिब १ सय हाराहारी छन् ।

उनीहरूलाई समेत बुल्गेरिया र क्रोएसिया पठाउने भनेर पैसा लिइएको थियो । क्रोएसिया र बुल्गेरिया पठाउने भन्दै संस्थाको नाम परिवर्तन गरेर लालबाबुले धेरै जनाबाट लाखौं लिएर सम्पर्कविहीन भएको पाइएको हो । त्यसरी करोडौं उठाएर दुवै कन्सल्टेन्सीबाट लालबाबु गायब भएका छन् ।

अहिले प्रहरीले दुई कर्मचारी पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली टिकापुरकी २१ वर्षीया हिमा नायक र इलाम माईजोगमाईकी २३ वर्षीया आस्था खड्का छन् ।

पक्राउ परेका दुवै जनाका अभिभावक सम्पर्कमा आएर पीडितसँग भेटेका छन् । भेटमा आफूहरूको आर्थिक अवस्था एकदमै कमजोर रहेको र छोरीहरूले नै कमाएर पैसा पठाएपछि घर खर्च चल्ने गरेको जनाएका थिए ।

आस्थाको बुबाले ‘म साधारण किसान हुँ गाउँको’ भनेका थिए । हेमाका बुबाले आफू सुकुम्बासी भएको र घरजग्गा केही पनि नभएको बताएका थिए । छोरीले नै कमाएको पैसाले रासन र घरभाडा तिर्ने गरेको उनको धाराण  थियो ।

उनीहरू दुवै जना नै कन्सल्टेन्सीमा बसेर बुझ्न आउनेलाई काउन्सिलिङ गर्नेदेखि लिएर पैसा बैंकमा डिपोजिट गर्न कामसमेत लगाउने गरेका थिए । लालबाबुले कन्सल्टेन्सी मार्फत बुल्गेरिया पठाइदिने भन्दै ७ देखि १० लाख रुपैयाँ लाग्ने भनेर पैसा उठाएका थिए । नक्कली वर्क पर्मिट देखाएर उनले १ देखि २ लाख ८० हजारसम्म लिइसकेका थिए । उनी कहिल्यै कन्सल्टेन्सी नगए पनि दुवै कर्मचारी मार्फत कन्सल्टेन्सीको खातामा पैसा जम्मा गर्न लगाउने गरेका थिए । अफिसमा रहेकी हिमाले नै आफू म्यानेजर भएको र सबै जिम्मा आफ्नै भएको भन्दै सबै काम गर्दै आएकी थिइन् ।

वैदेशिक रोजगार विभागले कन्सल्टेन्सी मार्फत ठगीमा परेकाको उजुरी व्यक्तिगत ठगी अन्तर्गत दर्ता गरेको छ । सोही अनुसार अनुसन्धान हुने विभागले जनाएको छ । विभागका उपमहानिर्देशक तथा प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले म्यानपावर कम्पनी बाहेक अन्यका हकमा व्यक्तिगत ठगीमा अनुसन्धान हुने गरेको जनाए । ‘उजुरी आउने क्रम जारी छ, सबैको उजुरी व्यक्तिगत ठगी अन्तर्गत अनुसन्धान हुन्छ,’ शिवाकोटीले भने । पक्राउ परेका दुवै कर्मचारीले करिब ३ सय जनाबाट त्यसरी नै पैसा उठाएको जनाएका छन् । पक्राउ परेपछि प्रहरीले बयान लिने क्रममा बुल्गेरिया र क्रोएसिया पठाउने भन्दै करिब ३ सय जनाबाट १५ देखि १८ करोड जति पैसा उठाइएको जनाएका थिए । जबकि, कन्सल्टेन्सीले सामाजिक सञ्जाल मार्फत गरेको विज्ञापनमा भने बुल्गेरिया र क्रोएसियाका लागि ८५/८५ जनाको माग  देखाएको थियो । जसमा क्लिनर, प्याकेजिङ, ड्राइभर र जनरल वर्कर माग गरिएको थियो ।

सामाजिक सञ्जालमा गरिएको विज्ञापनका आधारमा सयौँको संख्यामा युवा लाखौं तिरेर भए पनि जान तयार भएका थिए । उनीहरूलाई मासिक ८ सय ५० देखि १ हजार २ सय युरो मासिक तलब हुने, अन्तर्वार्ता केही नहुने र सिधै कागजात सम्बन्धित कम्पनीमा पठाएर वर्क पर्मिट आउने भनिएको थियो । बढीमा १० लाख लागत लाग्ने र सहजै जान पाउने भनेपछि धेरै युवा लोभिएका थिए ।

यो पनि पढ्नुहोस्

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

फागुन पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने तयारी

१० घण्टा अगाडि
भ्रष्टाचारको अभियोगमा निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउन आदेश

भ्रष्टाचारको अभियोगमा निलम्बित महानिर्देशक अधिकारीलाई थुनामा पठाउन आदेश

१३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

COVID-19 50 people recovered

बहुमत ललितपुर इन्चार्ज सिलवाल कांग्रेशमा प्रवेश

गैरआवासीय नेपाली संघले मनायो २२ औं स्थापना दिवस

सेनाका तीन सहायक रथी उपरथीमा बढुवा

७३० राउण्ड गोलीसहित ८ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक