काठमाडौं । बैतडीको पाटन नगरपालिका-८ साणिघाटिमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
६ जना घाइते भएका छन । बैतडीको सुर्नया गाउँपालिका–६ को मोतिनगरबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ ज २१४ नम्बरको जिप आज बिहान दुर्घटना भएको हो ।
पाटन नगरपालिका-८ का वडाध्यक्ष हरिस बिस्टका अनुसार ३ जनाको मृत्यु भएको र ६ जना घाइतेको उद्धार गरिएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ । घाइते सबैलाई डडेल्धुरा अस्पताल पठाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताएका छन ।

