काठमाडौं । नेपाली महिला राष्टिय क्रिकेट टिमले अभ्यास खेलमा अमेरिकालाई हराएकाे छ ।
नेपालले आइतबार सम्पन्न खेलमा अमेरिकालाई ४ विकेटले हराउन सफल भयाे ।
अमेरिकाले दिएको १५८ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि अमेरिकाले २० ओभरमा ७ विकेट गुमाएर १५७ रन बनाएको थियो । यस अघिका दुई अभ्यास खेलमा नेपालले स्कटल्याण्ड र अमेरिकासँग पराजित भएको थियो ।
जनवरी १८ देखि फेब्रुअरी १ सम्म नेपालमै आयोजना हुन लागेको ग्लोबल क्वालिफायरमा १० देशले भाग लिदैछन् ।
१० मध्ये शिर्ष चार देश इङल्याण्डमा २०२६ को जुनमा हुने महिला टी-२० विश्वकपमा छनौट हुनेछन् ।


