नयाँ दिल्ली । माइक्रो ब्लगिङ वेबसाइट एकले आफ्नो गल्ती स्वीकार गर्दै भारतमा कानुन अनुसार सञ्चालनको आश्वासन दिएको छ । सरकारी स्रोतका अनुसार अश्लील र आपत्तिजनक सामाग्रीलाई लिएर विवाद उठेपछि एक्सले कारबाही गर्दै ३ हजार ५०० कन्टेन्ट ब्लक गरेको छ । ६०० भन्दा धेरै खातालाई हटाइएको पनि जनाइएको छ ।
घरेलु नियम र कानुनको कठोरतापूर्वक पालना सुनिश्चित गर्न आफ्नो कन्टेन्ट मोडरेशन सिष्टमलाई अरू बलियो बनाउने एक्सको भनाइ छ । एक्सको एआई टूल ग्रोक प्रयोग गरेर अश्लील र यौन रूपमा आपत्तिजनक सामाग्री बनाइएको भन्दै हालै भारतको इलेक्ट्रोनिक्स तथा सूचना प्रौद्योगिक मन्त्रालयले चिन्ता व्यक्त गरेको थियो ।


