मङ्ल, फाल्गुन ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’को भव्य लाइभ म्युजिक

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’को भव्य लाइभ म्युजिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । म्युजिकल ब्यान्ड ‘कुटुम्ब’ले काठमाडौंमा लाइभ म्युजिक प्रस्तुत गरेको छ । शनिबार साँझ बूढानीलकण्ठ नगरपालिका–१३, चुनिखेल कौडोलस्थित ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’ले लाइभ म्युजिक प्रस्तुत गरेको हो ।

नेपाली रैथाने तथा नेवारी संगीतको प्रवद्र्धन गर्दै आएको ‘कुटुम्ब’ले ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा साँझ करिब ५ बजेदेखि राति ९ बजेसम्म सांगीतिक प्रस्तुति प्रस्तुत गरेको थियो ।

कार्यक्रममा ‘कुटुम्ब’ले नेवारी गीतसंगीतसँगै अन्य मौलिक र चर्चित रैथाने धुनहरू प्रस्तुत गरेको थियो । रैथाने धुनहरूसँगै कुटुम्बले लोकप्रिय गीतका टुक्राहरू प्रस्तुत गर्दा दर्शक झुमेका थिए । कुटुम्बको मौलिक धुनमा लोकप्रिय गीतका टुक्राहरू मिसाउँदा प्रस्तुति विशेष बनेको थियो ।

बेलाबेलामा आफूले प्रस्तुत गरेको धुन, त्यसको महत्वबारे प्रष्ट पार्दै ब्यान्ड मेम्बरले प्रस्तुति दिइरहँदा नेवारी रैथाने गीतसंगीतको प्रवर्द्धन पनि भइरहेको थियो ।

कलाभित्र पब्लिसिटीलाई सुटुक्क छिराउँदै व्यान्ड मेम्बरले माइकमार्फत काठमाडौंभित्रै शान्त र सुन्दर स्थान ‘२९ रिसोर्ट एन्ड फार्म हाउस’ स्वर्गको सानो टुक्रा भएको महसुस गरिरहेको बताइरहँदा दर्शकले कुटुम्बलाई भव्य तालीले साथ दिइरहेका थिए ।

“हाम्रो मुख्य उद्देश्य नै नेपाली मौलिक नेवारी कल्चरलाई प्रवर्द्धन गर्दै हाम्रो रिसोर्टबारे जानकारी गराउनु पनि थियो । हामी हाम्रो संगीतलाई बिस्तारै भुल्दै पश्चिमी संगीतमा रमाइरहँदा हाम्रो आफ्नै भव्य र सभ्य मौलिक संगीत पनि छ है भन्ने हो,” २९ रिसोर्ट एन्ड फार्म हाउसका सञ्चालक मध्येका एक दिमेश श्रेष्ठले भने, “गीतसंगीत र बिजनेसलाई यसैगरी टाइअप गर्दै लैजानुपर्छ । नेपाली गीतसंगीतलाई कर्पोरेटसँग जोड्दै जान सकियो भने नेपाली मौलिक संगीत थप विस्तार हुँदै जानेछ ।”

कन्सर्टमा प्रवेशका लागि टिकट मूल्य ५०० रुपैयाँ तोकिएको थियो ।

दिमेशसँगै किरण श्रेष्ठ, सुशान्त श्रेष्ठ र कुमार श्रेष्ठको करिब चार करोड रुपैयाँको लगानीमा निर्माण भएको २९ रिसोर्ट एन्ड फार्म हाउस गत वर्षदेखि सञ्चालनमा आएको हो ।

यो पनि पढ्नुहोस्

पारिवारीक कथामा आधारित चलचित्र ‘श्री बुकुरो’ प्रदर्शनी

पारिवारीक कथामा आधारित चलचित्र ‘श्री बुकुरो’ प्रदर्शनी

२२ घण्टा अगाडि
आठ वर्षपछि निर्देशनमा रेखा थापा

आठ वर्षपछि निर्देशनमा रेखा थापा

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध

जनप्रतिनिधित्वमा चुनौतीपूर्ण पक्षहरूका विषयमा स्पष्टता दिन आवश्यक

देशको आसन, भाषण र शासनमा सुधार गर्ने

पश्चिमी वायुको आंशिक प्रभाव

Nepal-Pakistan Cricket Tournament 2026

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक