शनि, फाल्गुन २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रुकुमपूर्वबाट उम्मेदवारी दिने प्रचण्डकाे घोषणा

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्न सकौं
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चुनावै पिच्छे निर्वाचन क्षेत्र फेरिरहने नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले यसपटक रुकुमपूर्वमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

प्रचण्डले कहाँ चुनाव लड्लान भन्ने चर्चा र अनुमान शनिबारदेखि अन्त्य भएको छ। शनिबार रुकुम पश्चिममा पुगेर आफूले रुकुम पूर्वबाट चुनाव लड्ने घोषणा गरेपछि दाहाल रोल्पा, सिन्धुली, नुवाकोट, सिन्धुपाल्चोक जस्ता पूर्वमाओवादी बलियो भएको ठाउँमा जाने अड्कलबाजी अन्त्य भएको छ।

त्योसँग दाहालले आँखा लगाएको अर्को क्षेत्र लुम्बिनी प्रदेशको रोल्पामा नेकपाका नेता वर्षमान पुनले तेस्रोपटक रोल्पाबाट चुनाव लड्ने भएका छन्।

उम्मेदवारी सिफारिस गर्दा रोल्पाबाट संयोजक दाहालको नाम पहिलो र पुनको दोस्रो नम्बरमा सिफारिस भएको थियो। पुनले यसअघि २०७४ र २०७९ को चुनावमा रोल्पाबाट निर्वाचित भएका थिए। २०६४ सालको पहिलो संविधानसभामा ललितपुर १ बाट निर्वाचित भएका पुन २०७० मा मोरङ ६ बाट पराजित भएका थिए।

नेकपाबाट पुनलाई रोल्पामा ढोका खुल्दा नेकपा (माओवादी)का महासचिव नेत्रविक्रम चन्दले पनि रोल्पामा चुनाव लड्ने आकांक्षा देखाएका छन्।

चन्दको नाम एकल रुपमा सिफारिस भएको छ। रोल्पाबाट चुनाव उठ्ने विषयमा चन्दले संयोजक दाहालसँग पनि एक चरण छलफल गरेको नेकपा स्रातले बतायो। प्रकाण्डलाई लिएर दाहाललाई भेट्न पुगेका चन्दले आफ्नो नाम पनि रोल्पाबाट सिफारिस भएको जनाउँदै चुनावी प्रतिस्पर्धा गर्न सक्ने संकेत गरेका थिए।

जवाफमा दाहालले चन्दलाई कापिलवस्तु ३ मा उम्मेदवारी दिए आफ्नो पार्टीले पनि सहयोग गर्न सक्ने आश्वासन दिएको स्रोतको दाबी छ।

चन्दको पार्टीको केन्द्रीय कार्यालय पनि कापिलवस्तुमै भएकाले दाहालले रोल्पाको क्षेत्र सहज रुपमा आफ्नो पार्टीको पोल्टामा पार्न खोजेका छन्।

यो पनि पढ्नुहोस्

आजपाद्वारा दलाल दलतन्त्रविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय

आजपाकाे चुनावी घोषणापत्र सार्वजनिक

१० घण्टा अगाडि
नेकपाका संयोजक रुकुम र रोल्पातिर व्यस्त

नेकपाका संयोजक रुकुम र रोल्पातिर व्यस्त

२३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कर्णालीका १० जिल्लामा मतपत्र पठाउन थाल्याे

ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

सुमित्राकाे टाेलीले स्वर्ण जितेर इतिहास रच्याे

दुईदेशीय सम्झौताहरूले कानुन सरहको मान्यता पाउन नसक्ने व्याख्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक