कीर्तिपुर / “स्वाथ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ कीर्तिपुर खोखो एकेडेमी र कीर्तिपुर नगरपालिकाको संयुक्त आयोजनामा कीर्तिपुर भेगिए विद्यालय स्तरीय छात्र छात्रा दोश्रो मेयर कप खो खो प्रतियोगिता २०८२ हुने भएको छ ।
दोश्रो मेयर कप खो खो प्रतियोगितामा निःशुल्क रुपमा टिम दर्ता हुन आह्वान गरिएको छ ।
थप जानकारीका लागि काठमाडौं खोखो जिल्ला संघका अध्यक्ष एवम् संयोजक विक्कीराज महर्जनको मोबाइल नं. ९८४९१९१५९० सम्पर्क गर्न सकिने छ ।
सो खोखो प्रतियागितामा सहभागीता जनाउने अन्तिम मितिः २०८२।११।१।२ मा दर्ता गर्नुपर्ने छ ।


