मङ्ल, फाल्गुन ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनसेलकाे ‘युवा सिम’ संचालनमा

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
एनसेलकाे ‘युवा सिम’ संचालनमा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एनसेलले जेन–जी पुस्ताका सञ्चार आवश्यकतालाई लक्षित गर्दै आकर्षक स्टार्टर प्याक ‘युवा सिम’ संचालनमा ल्याएको छ । विद्यार्थीहरूलाई सुलभ शुल्कमा दूरसञ्चार सेवामा सहज पहुँच सुनिश्चित गर्ने कम्पनीको प्रतिबद्धता बमोजिम ल्याइएको यो प्याकले युवा वर्गलाई मोबाइल कनेक्टिभिटीमार्फत सधैं जोडिराख्ने उद्देश्य राखेको छ ।

सन् १९९७ पछि जन्मिएका नेपाली नागरिकहरुले तोकिएको प्रक्रिया पुरा गरी यो सिम अर्थात प्याक लिएर यसको फाइदा लिन सक्छन् । आज शनिबार (पुष २६)बाट संचालनमा आएको यो प्याकको मुल्य करसहित मात्र रु. २९९ मूल्य तोकिएको छ । यस प्याकमा अनलिमिटेड अन नेट (एनसेल–टु–एनसेल) कल सेवा, ५ जीबी डेटा, डिजिटल वालेट इसेवा र खल्तीको प्रयोगमा डेटा शुल्क नलाग्ने सुविधा तथा अनलाइन शिक्षण प्लेटफर्म ‘मेरो स्कुल’ मा निःशुल्क पहुँच उपलब्ध रहेका छन् । यी सबै सेवा सुविधाहरु २८ दिनका लागि मान्य रहन्छन् ।

यसका साथै, ग्राहकहरूले अफ–नेट (एनसेलबाट अन्य स्थानीय नेटवर्क) कलमा विशेष छुट प्राप्त गर्छन् जस अन्तर्गत प्रति मिनेट मात्र रु. १ मा कल गर्न सकिन्छ । त्यसैगरी, २८ दिनको अवधिभित्र तोकिएको ५ जीबी डेटा प्रयोग भइसकेपछि पनि, ग्राहकहरूले पे–एज–यू–गो डेटा सेवा प्रति एमबी ५० पैसामा निरन्तर प्रयोग गर्न सक्छन् ।

“युवालाई लक्षित गरी विशेष रूपमा तयार गरिएको ‘युवा सिम’ सार्वजनिक गर्न पाउँदा हामी अत्यन्तै खुसी छौं । आकर्षक सेवा सुविधा बन्डल रहेको यो प्याकले युवालाई सधैं कनेक्टेड रहन सहयोग पुर्याउँदै विभिन्न अवसर र डिजिटल भविष्यसँग जोड्छ । यसले उनीहरुको डिजिटल जीवनशैलीलाई सहज बनाउने र शिक्षामा समेत सहयोग पु¥याउने विश्वास लिएका छौं,” एनसेलका चीफ कन्सुमर बिजनेश अफिसर उपाङ्ग दत्तले भने ।

युवा सिममा अर्को एक विशेषता पनि रहेको छ । यसमा एनसेलले सामाजिक सञ्जालमाथिको पहुँचलाई लक्षित गर्दै २४ घण्टासम्म मान्य १ जीबी डेटा मात्र रु. १९ प्रदान पनि गर्दछ जसबाट फेसबुक, टिकटक र इन्स्टाग्राम प्रयोग गर्न सकिन्छ । यसले युवाहरुलाई सामाजिक सञ्जालको वृत्तमा सधैं अपडेटेड रहन सहयोग पु¥याउँछ ।

युवा सिम लिन प्रयोगकर्ताहरूले नजिकको एनसेल सेन्टरमा गई आफ्नो नागरिकता वा ड्राइभिङ लाइसेन्सका साथै विद्यार्थी परिचयपत्र पेश गर्न पर्दछ । आफ्नो नागरिकता वा ड्राइभिङ लाइसेन्स नभएको खण्डमा अभिभावकको परिचय खुल्ने सरकारले जारी गरेको परिचयपत्र र आफ्नो विद्यार्थी परिचयपत्र बुझाएर यो सिम लिन सकिन्छ ।

यो प्याकले युवाहरुलाई उनीहरुले बढी प्रयोग गर्ने सेवाहरूमा सुलभ दरमा कनेक्टिभिटी सुनिश्चित गर्दछ । हरेक २८ दिनपछि सेवा र सुविधाहरू निरन्तर प्रयोग गर्नका लागि ग्राहकहरूले २८ दिनको समयसीमा समाप्त हुनु अघि नै उही शुल्कमा प्याक पुनः खरिद गर्न आवश्यक छ । यो प्याक एनसेल एपमार्फत वा एष्ट्रिक्स१२३ह्यास डायल गरेर खरिद गर्न सकिन्छ ।

यो पनि पढ्नुहोस्

मोदी र फ्रान्सका राष्ट्रपतिबीच आज मुम्बईमा भेटवार्ता हुँदै

मोदी र फ्रान्सका राष्ट्रपतिबीच आज मुम्बईमा भेटवार्ता हुँदै

५६ मिनेट अगाडि
साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने

साधुसन्तलाई आज दान दक्षिणासहित बिदाइ गरिने

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध

जनप्रतिनिधित्वमा चुनौतीपूर्ण पक्षहरूका विषयमा स्पष्टता दिन आवश्यक

देशको आसन, भाषण र शासनमा सुधार गर्ने

पश्चिमी वायुको आंशिक प्रभाव

Nepal-Pakistan Cricket Tournament 2026

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक