बुध, फाल्गुन २०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

दुई दिने अन्तरराष्ट्रिय तरुल महोत्सव आयोजना हुने

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
दुई दिने अन्तरराष्ट्रिय तरुल महोत्सव आयोजना हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

झापा  । मेचीनगर नगरपालिका ४ बाहुनडाँगी बजारमा माघे संक्रान्तिको अवसर पारेर यही पुस ३० गते र माघ १ गतेसम्म दुई दिने अन्तरराष्ट्रिय तरुल महोत्सव आयोजना हुने भएको छ।

सरकारी र गैरसरकारी गरी १४ वटा संस्थाले सञ्चालन गर्ने महोत्सवमा नेपाल, भारत र भुटानका तरुलसहित रैथाने खानेकुराको प्रदर्शनी हुने आयोजक समितिका अध्यक्षसमेत रहेका मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्कीले जानकारी दिए। उनका अनुसार हात्ती प्रभावित क्षेत्रका रूपमा परिचित बाहुनडाँगीमा चौथोपटक तरुल महोत्सव सञ्चालन हुन लागेको हो।

महोत्सवमा प्रदर्शन गरिने तरुलजन्य १८ प्रकारका रैथाने खानेकुरा आकर्षण रहने आयोजकले जनाएको छ। यूएनडीपी, इसिमोड, डब्ल्युडब्ल्युएफ, प्रकृति संरक्षण कोषलगायत गैरसरकारी संस्थाको सहयोगमा कोशी प्रदेश सरकार र पर्यटन कार्यालय काँकडभिट्टाको सहभागितामा महोत्सव आयेजना हुने वडाध्यक्ष कार्कीले जानकारी दिए।

परम्परागत रूपमा उपभोग हुँदै आएका रैथाने खाना स्वस्थवर्द्धक र पोषिलो हुने अध्ययनले देखाएका छन्। यसको महत्त्व दर्शाउन र पर्यटकीय चहलपहल बढाउन महोत्सव प्रभावकारी हुने अपेक्षा गरिएको आयोजक समितिका सचिव नीरज घिमिरेले जनाए।

महोत्सव ५० हजारले अवलोकन गर्ने आयोजकको अनुमान छ। महोत्सवमा लोककलाकार डेजी बराइली र कमलिकान्त भेटवालको सांगीतिक प्रस्तुति रहने जनाइएको छ।

यो पनि पढ्नुहोस्

रासायनिक मल आयात

रासायनिक मल आयात

१ हप्ता अगाडि
तरकारी र फलफूलमा ‘भ्याट ’नलगाउन माग

कृषिउपजको थोक मूल्य निर्धारण

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रसाईं पक्राउ गर्नुको कारण पेस गर्न आदेश जारी

चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ

पर्सामा ९ वटा सुतली बम र सुँगुरको टाउको सहित पक्राउ

इरानले अमेरिकासँग वार्ता नगर्ने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अन्तर्राष्ट्रिय स्थल सीमा नाकाहरू सिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक