काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा सन्देश जारी गरेका छन् । उनले नारायाणहिटीबाट आफूहरु बाहिरिएको करिब २ दशक बितिसक्दा पनि देशले सामना गरिरहनुपरेको संकटले आफूहलाई चिन्तित तुल्याएको बताएका छन् ।
‘हिजो देश नबनेकोमा चिन्ता थियो । आज देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ ।’ उनले भनेका छन् । त्यस्तै उनले उक्त सन्देशमा राष्ट्रिय सहमति बिना निकास खोज्नु समयको बर्बादी मात्रै भएको उल्लेख गरेका छन् ।


