काठमाडौं । नेपाल चिकित्सक संघ (एनएमए)मा ‘टिम बद्री’बाट कर्णाली उपाध्यक्षमा उम्मेदवारी दिएका तर निर्वाचन समितिले अस्वीकृत गरेका डा सरोज कुमार गिरीले पनि न्याय पाएका छन्।
उनको मनोनयन पत्र इमेलबाट आएको भन्दै समितिले अस्वीकार गरेको थियो। डा गिरी आफूलाई अन्यायपूर्वक उम्मेदवारी दिनबाट रोकिएको भन्दै उच्च अदालत पाटन पुगेका थिए। उनले एनएमए निर्वाचन समिति र एनएमए बिरुद्ध मुद्दा दायर गरेका थिए। ktm cancer अदालतले उनको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश दिँदै उनको उम्मेदवारी अस्वीकृत हुनुको कारण माग गरेको छ। यसअघि ‘टिम मंगल’का बागमती उपाध्यक्षका उम्मेदवार अरुण शाही र ‘टिम नारायण’का वरिष्ठ उपाध्यक्षका उम्मेदवार डा अजय मिश्रलगायत ६ जनाका पक्षमा अन्तरिम आदेश प्राप्त भइसकेको छ। haatma घले मिति २०८२/६/२० मा प्रकाशित सूचनाअनुसार अघि बढाएको निर्वाचन प्रक्रिया नियमअनुसार पूरा नभएको ठहर गरेको छ।
निवेदक डा गिरीले निर्वाचन समितिले उपनियम (६) ले दिएको अधिकार र दायित्व पूरा नगरेको भन्दै उजुरी गरेका हुन्। निर्वाचन नियमावलीअनुसार मनोनयन पत्र जाँच गर्दा कुनै रीत नपुगेको अवस्था देखिएमा त्यसलाई सच्चाउने अवसर दिनु अनिवार्य छ। निर्वाचन नियमावलीको भनिएको छ, ‘उपनियम (५) अनुसार रीतपूर्वक देखिएको मनोनयन पत्र दर्ता गरी निस्सा दिनु पर्छ। उपनियम (६) मा भने स्पष्ट रूपमा भनिएको छ, मनोनयन पत्रमा प्रस्तावक वा समर्थक नभएको, दोहोरिएको, धरौटीको निस्सा नभएको, सहिछाप नपुगेको वा अन्य कुनै रीत नपुगेको देखिएमा निर्वाचन अधिकृतले सो रीत नपुगेको कुरा सच्चाउन लगाई मनोनयन पत्र दर्ता गर्नुपर्नेछ।’ डा गिरीले आफ्नो मनोनयन पत्रमा देखिएको भनिएको रीत नपुगेको अवस्था सच्चाउन लगाउने प्रक्रिया पूरा नगरी सिधै अस्वीकार गरिएको दाबी गर्दै अदालतको ढोका ढकढक्याएका थिए।

