काठमाडौं । सशस्त्र प्रहरी बलमा ६ डीआईजीको दरबन्दी रिक्त भएको छ ।
डीआईजीत्रय कमल गिरी, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदीले अवकाश पाएसँगै उक्त पदको रिक्त दरबन्दी ६ पुगेको सशस्त्र प्रहरीले जनाएको छ ।
डीआईजीत्रय गिरी, नेम्वाङ र सुवेदीले यही पुस २४ गतेदेखि अवकाश पाएका हुन् । उनीहरू डीआईजीको चार र सरकारले लम्ब्याएको थप एकवर्षे कार्यकाल पूरा भएर अवकाशमा गएका सशस्त्र प्रहरीले जनाएको छ ।
गिरी कार्यविभाग, नेम्वाङ मानव स्रोत विभाग र सुवेदी स्टाफ कलेजमा कार्यरत थिए । गिरी र नेम्वाङ ०५६ सालका ब्याची हुन् । सुवेदी ०५४ मा भर्ना भएका अधिकारी हुन् । उनीहरूबाहेक सशस्त्र प्रहरीको डीआईजीमा अरू तीनजनाको दरबन्दी रिक्त थियो ।


