लाेकनारायण सुबेदी
आफु शान्तिको नोबेल पुरस्कार पाउने नाटकीय प्रचार प्रसार गरि गराइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्मले जुन ‘अपरेशन एब्सोल्यूट रिजल्भ’ चलाएर गएको जनवरी ३ का दिन राती स्थानीय समय अनुसार २.०१ ब्जे भेनेजुएलमाथि अबैधानिक र नाङ्गो आक्रमण गरेर राष्ट्रपति निकोलसँ मदुरो र उहाँकाी पत्नी प्रथम महिला सिलिया फ्लोरेन्सलाई समेत छापामार शैलीमा पक्राउ गरेर रातारात हवाई मार्गबाट अमेरिका पु¥याए त्यस अत्यन्तै निन्दनीय, अपराधिक र गैर कानुनी कार्यको बिश्वभरी आज तीब्र बिरोध र भत्र्सना भइरहेको छ । बास्तवमा डोनाल्ड ट्रम्पको यस कार्यले संयुक्त राष्ट्र संघको बडापत्र, बिश्व मान्य बर्तमान अन्तर्राष्ट्रिय कानुन र राष्ट्रहरुको सार्बभौम सिद्धान्तलाई ठाडै र नाङ्गै कुल्चिएको छ र बिश्वभरीका राष्ट्र समुदायलाई अपूर्ब चूनौति दिएको छ ।
हुन त यो ताण्डब दृष्य देखेर ‘इतिहासले आफु स्वयंलाई दोहो¥याउँदछ’ भन्ने भनाईको उदाहरणको स्मरण होला । तर यति चाँडै यसरी असभ्य र भद्धा किसिमले यसरी दोहोरिएला भन्ने अनुमान शायद कसैलाई थिएन । हुन त २१ शताब्दी भर्खरै शुरु मात्र के भएको थियो इराकमाथि अमेरिकाले कथित आम बिनासकारी हतियार राखेको र त्यसको खोजी गर्ने नाममा आक्रमण गरेको थियो र तत्कालीन इराकी राष्ट्रपति सद्दाम हुसेनलाई पक्राउ गरेर अमेरिकाले उनलाई फाँसीमा चढाएर मारेको थियो । तर आम बिनाशका हतियार राखेको भन्ने फत्तुर जुन अमेरिकाले इराकमाथि अर्थात सद्दाम हुसेनमाथि लगाएको थियो त्यो बिल्कुलै गलत साबितभएको बिश्वले छर्लंग देखेको हो । यथार्थतः अमेरिकाले त्यहाँ हतियार छ भनेर आक्रमण गरेकै थिएन । त्यस बहानामा उसले सार्बभौम इराकमाथि हमला गरेर इराकका बहुमूल्य प्राकृतिक श्रोतहरु कब्जा गर्नु थियो त्यो उसले प्राप्त गरेरै छोड्यो । अहिले यही साम्राज्यबादी खेल भेनेजुएलामाथि दोहोरिइरहेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलमाथि नाङ्गो आक्रमणपछि अहिले भेनेजुएलाका बैधानिक तरीकाले निर्वाचित राष्ट्रपति निकोलस मदुरोमाथि गलत तरीकाले सत्ता हत्याएको झूटो आरोप लगाउनकासाथै अबैध लागु पदार्थ(ड्रग्स) तस्करीको गम्भीर मुद्दा पनि थोपरेकोछ । मनगढन्त यस्तो फत्तर लगाएर मदुरो र उनकी पत्नीमाथि अमेरिकाको कडा न्याय ब्यवस्थाको सामना गर्नु पर्ने भनेर मुद्दा चलाएको छ र न्यूर्योकको अदालतमा प्राथिमकरुपमा प्रस्तुत पनि गरिसकेको छ अनि मदुरोले आफु निर्दोष रहेको बताइसकेका छन् । यसो सर्सरी हेर्दा लाग्छ कि बिश्वमा जोसुकैलाई जेसुकै आरोप लगाउन र मुद्दा चलाउन अमेरिकालाई ठेक्का नै मिलेको छ । त्यहाँका राष्ट्रपतिले जतिबेला जुनसुकै सार्बभौम देशमाथि आक्रमण गर्न, त्यो देशका राष्ट्रपतिलाई जसरी पनि पक्राउ गर्न, अमेरिकी न्यायको कठघरामा खडा गर्न र कारबाही चलाउन पाउँदछन् । अनि अन्तर्राष्ट्रिय कानुनहरु, महिला अधिकारहरुलाई पनि मनपरीसँग कुल्चिएर धोती लगाउन पाउँदछन् र कुनै सम्प्रभूत देशका राष्ट्रपतिकासाथ उनकी पत्नीलाई पनि जथाभावी गिरफ्तार गर्न पाउँदछन् ।
अझ चिन्ताको कुरा त के छ भने दोश्रो बिश्व युद्धपछि जुन उदेश्यहरुलाई लिएर« संयुक्त राष्ट्र संघ जस्तो बिशव संस्था बन्यो त्यो संस्था आज पूरै दाह«ा नंग्रा नभएको लाचार सिंह जस्तो बनेको छ । जसरी एउटा घर परिबारका बयो बृद्ध लाचार बुढापाकाले त्यो घरका उपद्रोकारी केटाकेटीलाई ‘झगडा नगर झगडा नगर’ भन्ने जसरी सम्झाउन खोज्दछन् आज त्यस्तै चालामाला संयुक्त राष्ट्र संघको देखिएको छ । बिश्वभरी नै आज सर्बत्र अमेरिकी समर्थित हमलाहरु भइरहेका छन् अनि यो संयुक्त राष्ट्र संघ बक्तब्यबाजी गर्ने स्थितिबाट अघि बढ्न सकिरहेको छैन । यसले गर्दा संयुक्त राष्ट्र संघको बिघटन गरेर नया सिराबाट कुनै नयाँ ठोस र प्रभावकारी कदम चालेर देशहरुको सर्बभौमिक अखण्डता, स्वतन्त्रता र स्वाभिमानको रक्षा गर्न सहयोग गर्न सक्ने बैकल्पिक बिश्व संस्था खडा गर्न र त्यसले महत्वपूर्ण भूमिका खेल्न सकोस् भन्ने पनि माग हुँदै आएको छ । तर यसको पहल कसले कसरी गर्ने भन्ने कुरा पनि गम्भीर बिचारणीय छ ।
एक समय थियो तेश्रो बिश्वका बिकासशील राष्ट्रहरुको असंलग्न एउटा बिश्व मञ्च थियो जसले तिनको अस्तित्व र सम्मानलाई बचाएर राख्नेसम्म कार्य गर्ने गरेको थियो आज त्यो शक्ति राष्ट्रहरुको दाउ पेसचको शिकार बनेर निष्कृय, कमजोर र निर्जीब बनेर रहेको छ । त्यसलाई उठाउने, पुनर्जीबित गर्ने र अघि बढाउने जमर्को कतैबाट भइरहेको छैन । आज साम्राज्यबादी अमेरिकाले बिभिन्न राष्ट्रहरुमाथि जुनसुकै बहानामा हमला गर्दा पनि जिब्रो चपाएर बोल्ने या बोल्दै नबोल्ने जस्तो नाजुक स्थिति छ । चाहे नाटोलाई उचालेर यूक्रेन युद्ध थोपर्दा होस, चाहे इजरायललाई बोकेर प्यालेस्टिनीहरुलाई राज्य बिहीन बनाउँदा बाल बच्चा लागायत हजारौको हत्या गर्दा होस्, इराक, सीरिया, लिबिया, अफगानिस्तानमाथि हस्तक्षेप गरेर शासन सत्ता पल्टाउँदा होस् लोकतन्त्रको दुहाई दिने तर मनपरीसँग सार्बभौम राष्ट्रहरुमाथि हमला गर्ने, तिनको श्रोत साधन कब्जा गर्ने र कथित लोकतन्त्र र मानबाधिकारको डंका पिट्ने कार्य साम्राज्यबादले गरिरहँदा संकीर्ण राष्ट्रिय स्वार्थ र शासन सत्तामा जमिरहन साम्राज्यबादको आशिर्बाद चाहिने जस्तो प्रबृत्तिले समेत कमजोर र साना राष्ट्रहरुको भबिष्य र अस्तित्व आज झनपछि झन खतरामा पर्दै गइरहेको छ । अनि साम्राज्यबादी ठाडो हस्तक्षेप हुँदा पनि त्यसको ठोस र जोडदार बिरोध गर्नबाट तर्किएर सम्बन्धित सबै पक्षले परस्पर सम्वादबाट शान्तिपूर्ण तरीकाले समस्या समाधानको कुरा गरेर साम्राज्यबासँग टास्सिइरहने स्थिति देखापर्ने गरेको छ ।
कुनै पनि देशका शासकले कुनै अपराध गर्दछन् भने त्यसको निप्टारा अर्थात थुनछेक गर्ने, मुद्दा चलाउने, न्यायको कठघरामा उभ्याउने त्यहीँका जनताको सार्बभौम अधिकारको कुरा । अहिले अमेरिकाले भेनेजुएलामाथि नाङ्गो आक्रमण गरेर राष्ट्रपति मदुरोलाई पक्रिने होइन, उनले कुनै गलत कार्य या अपराध गरेका रहेछन् या बिश्व स्तरमा नै कुनै अपराधमा संलग्न भएका रहेछन् भने पनि उनीमाथिको कारबाहीका लागि उनकै देशका जनताको बैध र सर्बमान्य अधिकारको कुरा हो ।तिनले आफ्नै देशको न्याय प्रणाली या अन्तर्राष्ट्रिय अदालतसम्म पनि धाउन र न्यायको कठघरामा उभ्याउन पाउँदछन् । तर डोनाल्ड ट्रम्प भेनेजुएलामा कुन हैसियतले घुसेका हुन् ? यस सम्वन्धमा ब्राजीलका राष्ट्रपति लुला डि सिल्भाले एकदमै ठीक कुरा उठाएका छन् कि भेनेजुएलाका नेतालाई अत्यन्तै हि«ंसक तरीकाले पक्रनु ‘पूरै अन्तर्राष्ट्रिय राष्ट्र समुदायका लागि एउटा अझ बेहद खतराको उदाहरण’ हो । क्यूवाले पनि यस सन्दर्भमा भनेको छ कि भेनेजुएलमाथि गरिएको आपराधिक हमलको उसले घोर निन्दा गर्दछ र अन्तर्राष्ट्रिय समुदायसँग तत्कालै कारबाहीको माग गर्दछ । रुसले पनि यो हमल बिल्कुलै गलत भएको बताएको छ । चीनले पनि प्रष्ट भनेको छ कि एउटा सम्प्रभू देशका बिरुद्ध खुलेआम बल प्रयोग र त्यस देशका राष्ट्रपति माथि कारबाहीले चीन बडो हैरान छ र यसको कडा शब्दमा निन्दा र भत्र्सना गर्दछ । भारतले भने यसलाई चिन्ताजनक प्रश्न भनेर तर्किनु आश्चर्यजनक मानिएको छ । भारतीय बिश्लेषकरुले यस्तो साम्राज्यबादको नाङ्गो हस्तक्षेपको बिरोधमा दृढताकासाथ खडा नहुनु भरतका लागि शोभनीय नभएको टिप्पणी गरिरहेकाछन् ।
वास्तवमा खुलस्त र सत्य कुरा के हो भने मदुरोमाथि गलत तरीकाले सत्ता हत्याएको र अबैध लागु पदार्थ(ड्रग्स)को आरोप लगानु त एउटा निहुँ खोज्ने बहाना मात्रै हो । ट्रम्पको यो हमलाको बास्तबिक उदेश्य अमेरिकी तेल कम्पनीहरुका लागि भेनेजुएलालाई खुल्ला गर्नु थियो र हो । तर मदुरोको साशन सत्ता रहेसम्म त्यो सम्भब हुनसक्ने ट्रम्पले देखेनन् । उनले भनेका पनि छन् कि ‘संयुक्त राज्य अमेरिकाको धेरै ठूलो तेल कम्पनी भेनेजुएला जानेछ, अर्बौं डलर खर्च गर्नेछ र अत्यन्तै नाजुक आधारभूत ढाँचालहरुलाई ठीकठाक बनाउने छ । हामी तेलको बिशाल मात्रा बेच्नैछौं’ । उनको यो भनाइले नै स्पष्ट पार्दछ कि अमेरिकाको मूख्य उदेश्य के हो ? हुन त ट्रम्पको भेनेजुएलामाथिको आक्रमणप्रति स्वयं अमेरिकी नेताहरु पनि अप्रसन्न देखिन्छन् । न्यूयोर्कका मेयर रोहरान ममदानी र डेमोक्रेटिक पार्टीकी नेतृ कमला ह्यारिस जस्ता नेताहरुले ट्रम्पको यो कदमको आलोचना गरेका छन् । ट्रम्पले यो आक्रमणको पूरै अभियान अमेरिकी काँग्रेसलाई कुनै सुइकोसमेत नदिइकन चलाएकोमा उनीहरुको असन्तुष्टी देखिन्छ ।अमेरिकी सीटेनका डेमोक्रेटिक पार्टीका नेता चक शुमरले पनि भनेका छन् कि निकोलस मदुरो एक अबैध तनाशाह(?) हुन् । तर अमेरिकी काँग्रेसको सहमति बिना र अब अगाडि के हुने या गर्ने हो यसको कुनै बिश्वसनीय योजना नबाइकन भेनेजुएलामाथि सैन्य कारबाही गर्नु ठूलो लापरबाही(मात्र) हो भनेका छन् । तर अमेरिकी बिदेशमन्त्री मार्क रुबियोले खुलस्त भनेका छन् कि यदि काँग्रेसलाई पहिला नै यो योजनाको जानकारी दिइन्थ्योभ ने यो आक्रमणकारी मिशन खतरमा पर्न सक्तथ्यो । यसमा थप डोनाल्ड ट्रम्प स्वयंले के भनेका छन् भने ‘काग्रेसलाई यो कुरा बताइएको थियो भने त्यहाबाट यो योजना चुहिने अर्थात लिक हुने आशंका थियो र यो राम्रो कुरा हुने थिएन’ । यसरी गम्भीर र ठूलो फैसला मनमौजी तरीकाले लिने र पछिबाट मात्र जानकारी गराउने कुरा कत्तिको लोकतान्त्रिक हो भन्ने गम्भीर प्रश्न पनि अहिले त्यहाँ उठेको छ ।
जे होस् बिश्व स्थिति जटील मोडबाट अझ जटीलतम् दिशामा धकेलिएको छ । तत्कालीन प्रश्न के छ भने जर्बजस्त नाङ्गो बिदेशी हस्तक्षेपबाट सत्ताच्यूत गरिएका भेनेजुएलाका राष्ट्रपति मदुरोसँग अब कस्तो ब्यवहार गरिने हो ? के उनलाई पनि सद्दाम हुसेनकै जस्तो ब्यबहार गरिने हो कि यस पटक अन्तर्राष्ट्रिय समुदायकासाथै अमेरिका भित्र पनि डोनाल्ड ट्रम्पको यस तानाशाीपूर्ण नग्न कदमका कडा बिरोध गरिने हो ? अनि दक्षिण दक्षिण सहयोग, ब्रिक्स र एससीओ जस्ता बहुध्रुबीय बिश्वतिर लागेका मुलुकहरुको भूमिका के कस्तो होला भन्ने जिज्ञाषापूर्ण प्रश्न पनि उठिरहेको छ । आजको नाजुक र खतरनाक अबस्थामा पनि तिनले साम्राज्यबादको निर्लज्ज तानाशाही कदमका बिरुद्ध सशक्त भूमिका खेल्न सकेनन् भने स्पष्ट छ बिश्वका लागि यो अपूर्ब खतरा निम्त्याउनु सरह हुनेछ । किनभने भेनेजुएला पछि ती सबै श्रोत साधनले सम्पन्न बिश्वका कमजोर देशहरु यस्तै किसिमको बर्बादी र एकछत्र तानाशहीको शिकार बन्ने कुरा निश्चत छ । के कुरा पनि प्रष्ट छ भने भेनेजुएलाकी मचाण्डा जस्ता बिपक्षी नेताका लागि अमेरिकी हस्तक्षेप स्वतन्त्रता बनेको छ । साम्राज्यबादको दास बन्ने यो प्रबृत्तिले आधुनिक लोकतन्त्र भनेको सम्प्रभू देशमाथिको अतिक्रमण र आक्रमण हो भन्ने मात्र अर्थ लाग्ने छ । यो फासीबादी प्रबृत्तिकै पुनराबृत्ति हो ।


