शनि, फाल्गुन २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

नवीन ‘कुलिङ’ प्रविधिको विकास

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
नवीन ‘कुलिङ’ प्रविधिको विकास
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । हङकङका अनुसन्धानकर्ताहरूले भवनहरूमा बिजुलीको खपतलाई उल्लेखनीय रूपमा कम गर्न सक्ने एउटा नवीन ‘कुलिङ’ प्रविधिको विकास गरेका छन्। प्रकृतिबाट प्रेरित भई तयार पारिएको यो प्रविधि एक साधारण रङ (पेन्ट) को माध्यमबाट प्रयोग गर्न सकिन्छ।

सिटी युनिभर्सिटी अफ हङकङका वैज्ञानिकहरूले पानीमा आधारित कुलिङ पेन्टको विकास गरेका हुन् । यसले सूर्यको तीव्र प्रकाशलाई परावर्तन गर्छ र भवनको तापक्रमलाई बाहिर फाल्ने काम विद्युत बिना नै गर्दछ। ३० भन्दा बढी देश र क्षेत्रहरूमा परीक्षण भइसकेको यो प्रविधि सहारा मरूभूमिको ‘सिल्भर आन्ट’ (कमिला) को ताप-नियमन गर्ने विशेष क्षमतामा आधारित छ। यो कमिला मरूभूमिको चरम तापक्रममा पनि जीवित रहन सक्ने थोरै जीवहरूमध्ये एक हो।

सहारा मरूभूमिमा पाइने उक्त कमिला ६० देखि ७० डिग्री सेल्सियससम्म पुग्ने सतहको तापक्रममा बस्ने गर्दछ। अनुसन्धानकर्ताका अनुसार, यो कमिलाले सूर्यको किरणलाई परावर्तन मात्र गर्दैन, बरु आफ्नो शरीरको आन्तरिक तापलाई ‘मिड-इन्फ्रारेड रेडिएसन’ मा परिणत गरी अन्तरिक्षमा विसर्जन गर्छ।

‘सिल्भर आन्टको छालाको बनावटले शरीरको आन्तरिक ऊर्जालाई मिड-इन्फ्रारेड उत्सर्जनमा बदल्न सक्छ,’ एक अनुसन्धानकर्ताले भने, ‘८ देखि १३ माइक्रोनको यो विशेष तरङ्ग पृथ्वीको वायुमण्डलबाट सजिलै बाहिर जान सक्छ।’

यो मिड-इन्फ्रारेड विकिरण करिब माइनस २७० डिग्री सेल्सियस तापक्रम भएको चिसो अन्तरिक्षमा पुग्छ, जसले गर्दा तापक्रम कुशलतापूर्वक कम हुन मद्दत पुग्छ।

अनुसन्धान टोलीले कम्प्युटर सिमुलेसनको प्रयोग गरी कमिलाको छालाको सूक्ष्म संरचनाको अध्ययन गरे र ‘नानो-टेक्नोलोजी’ मार्फत सोही कुलिङ संयन्त्रलाई पुनः सिर्जना गरे ।

नतिजामा एउटा ‘न्यायोनो-पाउडर’ तयार भयो, जसलाई रङमा मिसाएर छतहरूमा लगाउन सकिन्छ।

एकपटक प्रयोग गरेपछि, यो पेन्टले एकैसाथ दुईवटा काम गर्छ : यसले सूर्यको प्रकाशलाई ९५ प्रतिशतभन्दा बढी परावर्तन गर्छ र भवनको आन्तरिक तापलाई सिधै अन्तरिक्षमा विकिरण गर्छ। परम्परागत कुलिङ पेन्टहरूले मुख्यतया परावर्तनमा मात्र जोड दिने भए तापनि यो प्रविधिको ताप उत्सर्जन गर्ने क्षमताले यसलाई विशिष्ट बनाएको छ।

विद्युत बिना नै काम गर्ने भएकाले यो कुलिङ पेन्टले एयर कण्डिसनिङको  खर्चलाई ४० प्रतिशतसम्म घटाउन सक्छ। यसले बढ्दो तापक्रमसँग जुध्नका लागि एउटा दिगो समाधान दिएको गरेको छ ।

यो उपलब्धिले जलवायु परिवर्तन जस्ता प्रमुख विश्वव्यापी चुनौतीहरूको समाधान अक्सर प्रकृतिलाई नजिकबाट अध्ययन गरेर फेला पार्न सकिन्छ भन्ने कुरालाई उजागर गरेको अनुसन्धानकर्ताहरू बताउँछन् ।

यो पनि पढ्नुहोस्

५२ आयोजनाको ठेक्का तोड्ने तयारी

यी २० निर्माण कम्पनी कालोसूचीमा

२ घण्टा अगाडि
अहिलेको निर्वाचनमा भोट दिने बिपक्षमा

अहिलेको निर्वाचनमा भोट दिने बिपक्षमा

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कर्णालीका १० जिल्लामा मतपत्र पठाउन थाल्याे

ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

सुमित्राकाे टाेलीले स्वर्ण जितेर इतिहास रच्याे

दुईदेशीय सम्झौताहरूले कानुन सरहको मान्यता पाउन नसक्ने व्याख्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक