शनि, फाल्गुन २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पूर्वमन्त्री खतिवडा उम्मेदवार नबन्ने घोषणा

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
पूर्वमन्त्री खतिवडा उम्मेदवार नबन्ने घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

हेटौंडा । नेपाली कम्युनिस्ट पार्टीका नेता पूर्वमन्त्री विरोध खतिवडाले २१ फागुनका लागि घोषित प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।

नेकपाबाट मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ र २ का लागि निर्वाचनमा उम्मेदवार सिफारिस भएका खतिवडाले आगामी चुनाव नलड्ने भएका हुन् ।

खतिवडाका अनुसार आफू यसअघि नै ६ पटक निर्वाचन लडिसकेको भन्दै र २३ र २४ भदौको जेनजी आन्दोलनपछि निर्वाचन हुन लागेकाले युवाहरूलाई पालो दिन खोजेको जनाए ।

‘मैले राजनीतिबाट नै सन्यास लिन खोजेको भने होइन । यो निर्वाचन नलड्ने मात्रै हो । युवाहरूलाई पालो दिन खोजेको हुँ,’ उनले भने ।

खतिवडा नेकपा एमाले विभाजनसँगै बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीबाट २०७८ मा गठित नेपाली कांग्रेस, नेकपा माओवादीसहितको सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका थिए ।

त्यसअघि उनी ४ पटक सांसद बनेका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस, माओवादीसहितको गठनबन्धनका उम्मेदवार रहेका उनी निर्वाचन क्षेत्र नम्बर २ बाट एमालेका महेश बर्ताैलासँग पराजित भएका थिए ।

खतिवडा झण्डै ४० वर्षअघि २०४३ मा राष्ट्रिय पञ्चायतको निर्वाचन लडेर विजयी भएका थिए । २०४६ सालको जनआन्दोलनबाट बहुदल आएपछि २०४८, २०५१ र २०५६, २०७४ र २०७९ को आमनिर्वाचन लडेका खतिवडाले एउटा मात्रै निर्वाचनमा पराजय हुन परेको जनाए ।

२०६४ र २०७० को संविधानसभा निर्वाचनमा खतिवडा उठेनन् ।

खतिवडाले राजनीतिक जीवनका दौरान ५ वर्ष जेल बस्नु परेको छ । बहुदल, शैक्षिक, मजदुर आन्दोलनहरूमा सहभागी हुँदा जेल बसेका उनी ३ महिना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जेल बसेका हुन् । जेलमा ओली, खतिवडा र मोदनाथ प्रश्रित पनि थिए ।

जेल बस्दा मोदनाथ प्रश्रितले लेखेको कविता संग्रहमा खतिवडा र शर्मा ओलीको पनि कविता छ । पारिवारिक पृष्ठभूमिमै राजनीतिक चेत भएकाले व्यवस्था विरोधी आन्दोलनमा खतिवडाको उपस्थिति रहेको थियो ।

१० फागुन २०१५ तत्कालीन मकवानपुरगढी गाविस (हाल हेटौंडा–१७, हटिया, राजदेवी) मा जन्मिएका खतिवडा भुटनदेवी माविबाट २०२८ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए । ल क्याम्पसमा २०३५–२०३६ सालमा स्ववियू पदाधिकारी बनेका उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय सदस्य भएका थिए ।

२०३५ र ३६ सालमा पार्टीको जिल्ला कमिटीमा आबद्ध भए । २०४० सालअघिसम्म भूमिगत राजनीतिमा सक्रिय खतिवडा २०४३ सालमा मकवानपुरबाट जनपक्षीय राष्ट्रिय पञ्चायत सदस्यको चुनावमा उम्मेदवार भएर रुपचन्द्र विष्टसँग प्रतिष्पर्धा गरेका थिए ।

यो पनि पढ्नुहोस्

५२ आयोजनाको ठेक्का तोड्ने तयारी

यी २० निर्माण कम्पनी कालोसूचीमा

३ घण्टा अगाडि
अहिलेको निर्वाचनमा भोट दिने बिपक्षमा

अहिलेको निर्वाचनमा भोट दिने बिपक्षमा

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कर्णालीका १० जिल्लामा मतपत्र पठाउन थाल्याे

ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

सुमित्राकाे टाेलीले स्वर्ण जितेर इतिहास रच्याे

दुईदेशीय सम्झौताहरूले कानुन सरहको मान्यता पाउन नसक्ने व्याख्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक