शनि, फाल्गुन २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

राष्ट्रिय सभामा तीन दलबीच ७-७-४ सिट बाँडफाँटको कसरत

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 2 mins read
0
राष्ट्रिय सभामा तीन दलबीच ७-७-४ सिट बाँडफाँटको कसरत
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 रघुनाथ बजगाईं

२१ पुस, काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा प्रमुख राजनीतिक तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले चुनावी तालमेल गर्ने अन्तिम तयारी गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार मात्रै यो विषयमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग संवाद गरेका थिए । एमाले महासचिव शंकर पोखरेल, कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्का र रमेश लेखकबीच आइतबारै कुराकानी भएको थियो ।

सोमबार एमाले अध्यक्ष ओलीसँग कांग्रेस कार्यवाहक सभापति खड्कासहितले भेट्दै छन् । ‘आजको भेटपछि करिब राष्ट्रिय सभामा हुने तालमेलको कुरा टुंगिन्छ होला,’ एमालेका एक पदाधिकारीले भने, ‘कांग्रेस र एमालेबीच त करिब तालमेलको कुरा टुंगिए जस्तै हो । नेकपालाई पनि जोड्ने विषयमा कांग्रेसले जोड दिएकाले त्यसबारे पनि अब टुंगोमा पुग्नुपर्ने छ ।’

सोमबार रातिसम्म सहमति टुंग्याएर भोलि बिहान एमालेको सचिवालयबाट निर्णय गर्ने तयारी छ । बुधबार राष्ट्रिय सभाका लागि उम्मेदवारी दर्ता गर्ने चुनावी कार्यतालिका छ ।

राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौला अंकगणितका कारण रणनीतिक सहकार्य आवश्यक रहेको बताउँछन् ।

‘राष्ट्रिय सभामा अंकगणितको कारणले मिल्नुपर्ने बाध्यात्मक अवस्था छ । यसकारण राष्ट्रिय सभामा रणनीतिक तालमेल हुन्छ’ सोमबार पत्रकारहरूसँगको भेटमा नेता सिटौलाले भने ।

स्रोतका अनुसार १८ जना मध्ये आधा आधा कांग्रेस र एमालेले भाग लगाउने कुरा भएको थियो । तर नेकपा पनि गठबन्धनमा मिसिए ३ देखि ४ जनासम्म नेकपालाई दिनसक्ने कुरा भएको एक नेताले बताए ।

तीन दलबीच गठबन्धनका लागि आइतबार ललितपुरस्थित एक निकटस्थको घरमा ओली र प्रचण्डबीच आधा घण्टा छलफल भएको थियो । ओलीसँगको भेटपछि प्रचण्ड नयाँदिल्ली गए । उनी आज साँझ नेपाल फर्किने कार्यक्रम छ ।

तर, ओलीलाई भेट्न जानु अगाडि प्रचण्डले पार्टीभित्र राय लिएका थिए ।

प्रचण्ड निकट एक नेताका अनुसार ‘ओली वा शेरबहादुर देउवा जोसँग कुरा भए पनि प्रमुख शक्ति मिलेर जाने भए राष्ट्रिय सभाको निर्वाचनमा मतभारका आधारमा सिट बाँडफाँट गरौं र सबैतिर सर्वसम्मत निर्वाचित हुने वातावरण बनाऔं भन्ने प्रस्ताव राख्ने र र यसआधारमा सहकार्य हुन सके पहल लिने तय भएको छ ।’

उनका अनुसार कांग्रेस र एमाले मिलेर चुनाव लडेको अवस्थामा नेपाली कम्युनिस्ट पार्टीले सबैतिर उम्मेदवार उठाउने छ ।

यदि प्रमुख दल मिलेर चुनाव लड्ने भन्ने भयो भने मधेश प्रदेशमा मधेश केन्द्रित दललाई समेत समेटेर सबैतिर सर्वसम्मत बनाउने प्रयास पनि हुने छ ।

फाइल तस्वीर

‘एक्ला एक्लै वा कांग्रेस र एमाले मिलेर लड्छन् भने ठिकै छ हामी भाग्ने कुरा छैन सबैतिर उम्मेदवार उठाउँछौं । होइन मिलेर जाऔं भन्ने हो भने सबैतिर सर्वसम्मत गरौं’ नेपाली कम्युनिस्ट पार्टीको प्रस्ताव छ ।

प्रचण्डसँगको भेटपछि एमाले अध्यक्ष ओलीले कांग्रेसका नेताहरूसँग अनौपचारिक संवाद गरेका थिए ।

राष्ट्रिय सभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारी मतदाता हुन्छन् । प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ छ ।

राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदैछ । रिक्त हुने स्थानका लागि आगामी ११ माघमा निर्वाचन हुँदैछ । रिक्त हुन लागेका १९ मध्ये एक जना मनोनीत हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुन लागेको हो ।

कोशी प्रदेशबाट ३ जना, मधेश प्रदेशबाट ४ जना, बागमती र गण्डकी प्रदेशबाट २/२ जना, लुम्बिनी प्रदेशबाट ३ जना, कर्णाली र सुदूरपश्चिम प्रदेशबाट २/२ जना राष्ट्रिय सभा सदस्यका लागि निर्वाचन हुनेछ ।

कोशी प्रदेशमा एमाले पहिलो दल हो । यहाँ एमालेको ४ हजार २१० मतभार छ । दोस्रोमा रहेको कांग्रेसको ३ हजार ७२२ मतभार छ । नेकपाको १ हजार ६२३ मतभार छ ।

मधेश प्रदेशमा कांग्रेस ३ हजार १०४ मतभारसहित अगाडि छ । दोस्रोमा एमालेको २ हजार ४०८ मतभार छ । तेस्रोमा रहेको जसपाको मतभार १ हजार ९२३ छ । चौथोमा नेकपाको १ हजार ३४६ मतभार छ ।

बागमती प्रदेशको मतभारमा पनि कांग्रेस अगाडि छ । यो प्रदेशमा कांग्रेसको मतभार ४ हजार १३, दोस्रोमा रहेको नेकपाको २ हजार ७३८ र तेस्रोमा रहेको एमालेको मतभार २ हजार ५७१ छ ।

यो पनि पढ्नुहोस्

५२ आयोजनाको ठेक्का तोड्ने तयारी

यी २० निर्माण कम्पनी कालोसूचीमा

२ घण्टा अगाडि
अहिलेको निर्वाचनमा भोट दिने बिपक्षमा

अहिलेको निर्वाचनमा भोट दिने बिपक्षमा

४ घण्टा अगाडि

गण्डकी प्रदेशमा कांग्रेसको मतभार २ हजार ७०४ छ । दोस्रोमा एमालेको २ हजार ४५८ र तेस्रोमा नेकपाको १ हजार १३ मतभार छ ।

लुम्बिनीमा कांग्रेसको ३ हजार १७९ मतभार छ । एमालेको २ हजार ८१०, नेकपाको १ हजार ३९६ मतभार छ ।

कर्णालीमा कांग्रेसको १ हजार ८६३ मतभार छ । दोस्रोमा रहेको नेपाली कम्युनिस्ट पार्टीको १ हजार ८४४ मतभार छ । तेस्रोमा रहेको एमालेको १ हजार १९५ मतभार छ ।

सुदूरपश्चिममा कांग्रेस अगाडि छ । कांग्रेसको २ हजार ५५८, एमालेको १ हजार ५३३, नेपाली कम्युनिस्ट पार्टीको १ हजार ३६५ मतभार छ ।

यहाँ नाउपाको पनि उपस्थिति छ । यहाँ नाउपाको ५०४ मतभार छ । नाउपाकी रञ्जिता श्रेष्ठ नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन् । श्रेष्ठको तर्फबाट प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारी नेपाली कम्युनिस्ट पार्टी जोडिएमा यो पार्टीको मतभार वृद्धि हुनेछ ।

नेताहरूका अनुसार प्रमुख तीन दल मिल्दा कुन दलले कति सिटमा उम्मेदवार रहने भनेर समेत अनौपचारिक छलफल चलेको छ । कांग्रेस र एमालेलाई ७/७ र नेपाली कम्युनिस्ट पार्टीलाई ४ सिट प्राप्त हुने गरी बाँडफाँट गर्ने मोडेलमा अनौपचारिक छलफल भएको छ । तर, प्रचण्डले मधेश प्रदेशमा रहेका केही साना दललाई समेत समेट्ने गरी मतभारका आधारमा सिट बाँडफाँटको प्रस्ताव प्रस्ताव राखेका छन् । ताकि कतै निर्वाचन नहोस् र सर्वसम्मत गराउन सकियोस् । अनलाइन खबर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रेम दिवस अर्थात ‘भ्यालेन्टाइन डे’

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कर्णालीका १० जिल्लामा मतपत्र पठाउन थाल्याे

ठूलो युद्धपोतलाई मध्यपूर्व क्षेत्रमा तैनाथ गर्न आदेश

सुमित्राकाे टाेलीले स्वर्ण जितेर इतिहास रच्याे

दुईदेशीय सम्झौताहरूले कानुन सरहको मान्यता पाउन नसक्ने व्याख्या

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक