काठमाडौं । प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री उमेशप्रसाद यादव आज जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।
सप्तरी निवासी यादव लामो समयदेखि नेकपामा सक्रिय रहँदै आएका थिए। जनता समाजवादी पार्टीमा प्रवेशसँगै यादवले आफ्नो राजनीतिक यात्रा नयाँ दिशातर्फ मोडिएको बताएका छन्।
उनले जसपामा प्रवेश गरेर मुलुकको लोकतान्त्रिक आन्दोलनलाई अझ सशक्त बनाउन योगदान दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
जसपाका शीर्ष नेताहरूले यादवलाई पार्टीमा स्वागत गर्दै उनको अनुभव र योगदानले संगठनलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
पार्टी प्रवेश कार्यक्रममा विभिन्न नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।


