काठमाडाैं । भूमि अधिकार संरक्षण समितिको आयोजनामा भोलि खोल्चापाखा, रुद्रविनायक मन्दिर, टेकु पेट्रोल पम्प नजिक भेला भै खोला मापदण्ड बिरुद्ध मोटरसाइकल र्यालि हुने भएकाे छ ।
भोलि पुष २३ गते बुधबार बिहान ११:०० बजे भूमि हाम्रो प्राण हो । संपुर्ण खोला मापदण्ड खारेज गर । फैसला हैन न्याय दे । सम्पत्तिको हक कायम गर । मापदण्डको नाममा हाम्रो भूमि लुट्न बन्द गर । लगायतका नारा अनि प्लेकार्ड बोकि खोला तथा सडक मापदण्ड विरुद्ध निरन्तर संघर्ष गर्दै आएको भूमि अधिकार संरक्षण समितिको आयोजनामा र्यालि हुने समितिका सदस्य एवम् कर खुशी संयोजक निलकण्ठ महर्जनले जानकारी गराएको छ ।
सो र्याली काठमाडौ महानगरपालिका , ललितपुर महानगरपालिका, भक्तपुर नगरपालिका र ठिमी नगरपालिका हुँदै पुन काठमाडौमा आई समापन हुने आयोजकले जानकारी गराएको छ ।


