काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बसिरहेको छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकमा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भइरहेको नेताहरुले जनाएका छन् ।
बैठकमा आगामी राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन तथा पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे पनि छलफल हुने बताइएको छ ।
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक यही पुस २७ देखि २९ गतेसम्म काठमाडौंमा बोलाइएको छ ।
राष्ट्रिय सभाको निर्वाचन फागुन ११ गते र प्रतिनिध सभा निर्वाचन फागुन २१ गते हुँदैछ ।


