काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकले टी-२० विश्वकप लक्षित उपभोक्ता योजना सार्वजनिक गरेका छन् ।
‘वर्ल्ड कप एक्स्ट्रिम इनर्जी ड्रिंक फ्यान’ र’वर्ल्ड कप म्याक्स टाइगर इनर्जी ड्रिंक फ्यान’ नाम दिइएको योजनाअन्तर्गत भाग्यशाली उपभोक्ताले चार दिनको मुम्बई भ्रमणसहित टी-२० विश्वकपमा नेपालको एक खेल प्रत्यक्ष हेर्ने अवसर पाउनेछन् ।
कम्पनीका अनुसार योजनामार्फत कुल ४० जना विजेता छनोट गरिनेछ । जसमध्ये १५ जना देशका १५ प्रमुख सहरमा आयोजना हुने ब्रान्ड प्रवर्द्धन कार्यक्रमबाट र २५ जना सामाजिक सञ्जालमार्फत छनोट हुनेछन् ।
योजनामा सहभागी हुन एक्स्ट्रिम इनर्जी ड्रिंक वा म्याक्स टाइगर इनर्जी ड्रिंक खरिद गरी फोटो वा भिडियो बनाएर फेसबुक वा इन्स्टाग्राममा #T20XtremeEnergydrink र #T20maxtigerEnergydrink ह्यासट्यागसहित पोस्ट गर्नुपर्नेछ ।
सामाजिक सञ्जालबाट छनोट हुने २५ जना विजेताको घोषणा दुवै ब्रान्डका आधिकारिक फेसबुक पेजमार्फत लाइभ गोलाप्रथाबाट गरिनेछ । बाँकी १५ विजेता भने ब्रान्ड प्रवर्द्धन कार्यक्रम स्थलमै गोलाप्रथाबाट छनोट गरिने जनाइएको छ ।
ब्रान्ड प्रवर्द्धन कार्यक्रम हुने सहर र स्थानसम्बन्धी सम्पूर्ण जानकारी एक्स्ट्रिम इनर्जी ड्रिंक र म्याक्स टाइगर इनर्जी ड्रिंकका आधिकारिक फेसबुक पेजमा उपलब्ध हुने कम्पनीले जनाएको छ । योजना पुस १७ गतेदेखि माघ १६ गतेसम्म लागू हुनेछ ।
उत्पादक एग्रो थाई फुड्सले यस योजनामार्फत उपभोक्तालाई ऊर्जा, उत्साह र अविस्मरणीय क्रिकेट अनुभवसँग जोड्ने लक्ष्य लिएको जनाएको छ ।


