मङ्ल, फाल्गुन ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  ।  मकवानपुर, भीमफेदी गाउँपालिका-६ जुरीखेतस्थित सडकमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ ज १७७८ नम्बरको सुमो गाडी सडकबाट करिब १ सय मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा गाडीमा सवार ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा हेटौंडा उपमहानगरपलिका-४ कमलडाँडा बस्ने ४० वर्षीया सबिता लम्साल, सोही उपमहानगरपालिका-२ कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल, भारत बिहार राज्य बेगुसराई बस्ने ५० वर्षीय अरबिन्द कुमार, भारत बिहार राज्य पटना बस्ने ४२ वर्षीय रजनिस कुमार र हाल नाम, थर र वतन नखुलेका २ जना पुरूषहरू रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका चालक र गाडीमा सवार अन्य २ जनालाई थप उपचारको लागि चितवनतर्फ पठाइएको छ ।

रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकमा भैरहवाबाट बेलहिया सुनौलीतर्फ आउँदै गरेको लु.६५ प ५४१ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा चालक भारत उत्तर प्रदेश महाराजगंज कुनसेरवा नौतनवा बस्ने ३५ वर्षीय राजन चौरसियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनालाई थप उपचारको लागि भैरहवा रिफर गरिएको छ ।

यसैगरी रूपन्देही, सिद्धार्थनगर नगरपालिका-८ बर्मेलि चोकस्थित सडकमा सुनौलीबाट बुद्धचोकतर्फ आउँदै गरेको लु.७ प ८५७६ नम्बरको मोटरसाइकललाई हाल नम्बर नखुलेको सवारी साधनले आइतबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका-९ मंगलापुर बस्ने ६० वर्षीय लाल बिहारी बानियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको भिम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार सवारी साधन र चालकको खोजी गरिरहेको छ ।

उदयपुर, त्रियुगा नगरपालिका-७ होक्सेस्थित सडकमा होक्सेबाट चुहाडे तर्फ आउँदै गरेको स.१ त २८२५ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा ट्याक्टरमा सवार उदयपुर त्रियुगा नगरपालिका-६ जलजले बस्ने ४३ वर्षीय राजा हुसेन अली र त्रियुगा नगरपालिका-६ मोहनपुर बस्ने बर्ष २६ वर्षीया आशा सदाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनालाई थप उपचारको लागि न्यूरो अस्पताल विराटनगर रिफर गरिएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

यात्रुबाहक बलेरो जीप दुर्घटनामा ६ जना घाइते

५ दिन अगाडि
यात्रुवाहक बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

२ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

अमेरिकी सेनालाई परेडमा सहभागी गराएको भन्दै विरोध

जनप्रतिनिधित्वमा चुनौतीपूर्ण पक्षहरूका विषयमा स्पष्टता दिन आवश्यक

देशको आसन, भाषण र शासनमा सुधार गर्ने

पश्चिमी वायुको आंशिक प्रभाव

Nepal-Pakistan Cricket Tournament 2026

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक