काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को स्वीकृति बिना नै अग्रिम निर्वाचन प्रक्रिया अघि बढाएको छ ।
एन्फाले सोमबार एक सूचना जारी गरेर माघ २८ गते हुने अर्डिनरी कंग्रेस (साधारण सभा) तथा एन्फा कार्यसमिति निर्वाचन (२०८२-२०८६) को ४ वर्षे कार्यकालको लागि सम्बन्धित सबै सदस्य संस्था तथा सरोकारवालालाई जानकारी गराएको छ ।
एन्फाका प्रवक्ता सुरेश शाहले भने राखेपले निर्वाचन नगर्ने भनेर पनि नभनेको तर्क गरे । ‘स्वीकृतिबारे सचिवालयमा बुझ्नुपर्छ, तर राखेपले नगर्ने भनेर पनि भनेको छैन । प्रक्रिया अगाडि बढाएका छौं’ प्रवक्ता शाहले भने ।


