काठमाडौं । धितो राखेको जग्गा लिलामी प्रक्रियामा गएपछि एक ऋणीले बैंकभित्रै आत्मदाहको प्रयास गरेका छन् ।
सुनसरीको इटहरीस्थित एनआईसी एसीया बैंकमा छिरेर ऋणी लालबहादुर पौडेलले आफ्नो शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन् । ऋणी पौडेलले बोतलमा पेट्रोल बोकेर बैंकभित्र छिरेको बताइएको छ । उनी दुर्गा प्रसाईँको नागरिक बजाउ अभियानका केही मान्छेहरु लिएर बैंकमा पुगेका थिए ।
आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाउन खोजेपछि उनलाई बैंकका कर्मचारी र उनीसँगै गएका प्रसाईँको अभियानका मान्छेहरुले उदार गरेका थिए । ऋणी पौडेलको जग्ग इटहरीका व्यवसायी गंगाराम तेलीले धितोमा राखेको खुल्न आएको छ । मदिरा फ्याक्ट्रीमा लगानी गर्ने र जग्गा धितोमा दिएवापत व्याज दिने शर्तमा पौडेर र व्यवसायी तेलीबीच सहमति भएको जनाइएको छ ।


