काठमाडौं । वाई जि स्टुडियोको प्रस्तुतिमा हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठको नेपालभाषाको “पपू चाना”को प्रिमियर साे सम्पन्न भएकाे छ ।
सुन्धारामा रहेको सिडिसी सिनेमाज, सिटिसी मलमा शनिबार साँझ पाँच बजे वाइ जिजि स्टुडियोको युट्युबल च्याइनल मार्फत सार्वजनिक गरिएको थियो ।
प्रिमियर सोमा म्यूजिक भिडियो बनाउन सहयोग गर्नु हुने दाताहरूलाई प्रशंसापत्र वितरण सभापति देवेन्द्र महर्जन र कलाकार लक्ष्मीकुमार महर्जनले वितरण गरिएको थियो । साथै निर्माण टोलीलाई प्रशंसा प्रमाणपत्र वितरण मदनकृष्ण श्रेष्ठ र लक्ष्मीकुमार महर्जनले वितरण गरिएको थियो ।
यस म्यूजिक भिडियाकाे निर्देशक/सिनेमाटोग्राफर/सम्पादक रजिन महर्जनले गरेको थियो । संगीत एरेन्जर यमन श्रेष्ठ, प्रकाश विजय उराउ, सहायक क्यामेरा रजिन महर्जन, मेकअप आर्टिस्ट बिन्दिरा श्रेष्ठ, उत्पादन संयोजक राजेन्द्र महर्जन (राजी किपू), फोटोग्राफर प्रलिन महर्जन, उत्पादन प्रबन्धक रमेश माली, कला निर्देशक सहायक निर्देशक विक्रम महर्जन, रंगकर्मी प्राविधिक निर्देशक सञ्जीव रत्न शाक्यले गरेका छन् ।अन्य म्यूजिक भिडियो भन्दा पृथक शैलीमा बनेको यस म्यूजिक भिडियाले विशेषतः बिहे पश्चात स्त्री लम्पटले दाम्पत्य जीवनमा असर पर्ने कुरालाई हाँस्यात्मक ब्यंग्यात्मक शैलीमा प्रस्तुत गरिएकाे छ ।
यस म्यूजिक भिडियोमा मूख्य कलाकारका रुपमा चर्चित कलाकार मदनकृष्ण श्रेष्ठ, लक्ष्मीकुमार महर्जन, देवेन्द्र महर्जन, रुपा महर्जन, लजना महर्जन, तारा मिला महर्जन, जयन्ती शाही यसका साथै बाल कलाकारका रुपमा प्रलिशा महर्जन, रियाना महर्जन, क्रिजिसा डंगोल, ऋषिका राजबाहक, पुजन राजबाहक, बबिन महर्जन, नायरा महर्जन रहेका छन् ।


