काठमाडाैं । लोकनारायण सुबेदी संयोजक रहेकाे नेपाल कम्युनिष्ट पार्टीले भेनेजुएलामाथि गरिएको नाङ्गो अमेरिकी साम्राज्यबादी सैन्य हस्तक्षेपकाे प्रेस विज्ञप्ति मार्फत घाेर आपत्ति जनाएका छन् ।
बाह्य र आन्तरिकरुपमा समेत निकै अलोकप्रिय बन्दै गएको ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनद्वारा संयुक्त राष्ट्र संघको बडापत्र, अन्तर्राष्ट्रिय कानुन तथा राष्ट्रहरु सार्बभौम अधिकारको सिद्धान्त बिपरीत मनगढन्त आरोपमा स्वतन्त्र भेनेजुएलामाथि गरिएको नाङ्गो अमेरिकी साम्राज्यबादी सैन्य हस्तक्षेप र आक्रमणको नेपाल कम्युनिष्ट पार्टी तीब्र निन्दा र घोर भत्र्सना गर्दछ । यो भेनेजुएलामाथि भइरहेको अमेरिकी साम्राज्यबादी आक्रमण र अमेरिकी सैन्य गतिबिधि तुरुन्त रोक भन्ने जोडदार माग गर्दै संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको आपतकालीन बैठक तुरुन्त आयोजना गरियोस् र सार्बभौम राष्ट्रमाथिको यस्तो अत्यन्तै अबैध आक्रमणकारी गतिबिधि तुरुन्त रोक्न सबै उपाय गरोस् तथा दक्षिण अमेरिकी क्षेत्रलाई शान्ति क्षेत्रको रुपमा मान्यता देओस् भन्ने समेत नेपाल कम्युनिष्ट पार्टी जोडदार माग गर्दछ ।
साम्राज्यबादको यस्तो आक्रमणकारी र नग्न हस्तक्षेपका बिरुद्ध जुधिरहेका भेनेजुएली जनताप्रति पूर्ण ऐक्यबद्धता प्रकट गर्दै नेपाल कम्युनिष्ट पार्टी भेनेजुएला लगायत दक्षिण अमेरिकी देशहरुको साम्राज्यबाद बिरोधी संघर्षको पक्षमा दृढतापूर्बक खडा हुन्छ भन्ने कुरा समेत प्रष्ट पार्न चाहन्छ ।


