काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई बिना सर्त रिहा गर्न माग गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालयबाट जारी वक्तव्यमा यस्तो माग गरिएको छ ।
कुनै पनि सार्वभौम राष्ट्रमाथि बल प्रयोग गर्नु अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र तथा विश्व शान्तिका आधारभूत मान्यताहरूको ठाडो उल्लंघन भएको यो पार्टीको निष्कर्ष छ । अगाडि भनेको छ, ‘यस्ता कार्यहरूले सम्पूर्ण विश्वलाई अस्थिरता र द्वन्द्वतर्फ धकेल्ने गम्भीर खतरा उत्पन्न गरेको छ ।’



