दाङ । दाङको तुलसीपुरबाट प्रहरीले ६० लाख रुपैयाँ बरामद गरेको छ।
तुलसीपुर उपमहानगरपालिका-६ गोलौराको एक घरबाट स्रोत नखुलेको ६० लाख रुपैयाँ बरामद गरेको तुलसीपुर प्रहरीले जानकारी गराए ।
प्रहरीले घर धनी दुर्गा केसीलाई नियन्त्रणमा लिएको छ। उनले स्रोत खुलाउन नसकेको प्रारम्भिक बयान दिएको प्रहरीले जनाएको छ। उक्त रकम चोरी गरेर ल्याइएको हुन सक्ने प्रहरीको अनुमान छ।


