काठमाडौं । पत्रकार, साहित्यकार एवम् गायक ललेन्द्र शाक्यको नेपालभाषाको लोकदोहरी गीत ‘आजु द्यया गं’ म्यूजिक भिडियो कीर्तिपुर सिनेप्लेक्समा मंगलबार सार्वजनिक भएको छ ।
गुँदेय् दापा खलः बाघभैरव स्थान किपू १ वडाको प्रस्तुती कीर्तिपुर नगरपालिका र कीर्तिपुरको १ देखि१० वडाको सहकार्यमा सार्वजनिक गरिएको थियो ।
सो म्यूजिक भिडियोमा ललेन्द्र शाक्यको शब्द, स्वर तथा चर्चित गायिका रत्नशोभा महर्जनकै स्वर दिनुका साथै हरिशरण साय्मिको संगीत संयोजनमा गरेको छ ।
गुँदेँ दापा खले बाघ भैरव कीर्तिपुर वडा नं. १ र किपु नगरपालिकाको वडा १ देखि १० सित सहकार्यमा निर्माण गरिएको म्यूजिक भिडियोमा चर्चित कलाकार मनोज महर्जन र नयाँ प्रतिभा कलाकार नसला महर्जनले मुख्य भूमिका रहेको छ ।
यसैबीच, चिरिबाबु महर्जन, रामप्रसाद महर्जन, प्रार्थना तण्डुकार, नेरोन महर्जन, सुरभ महर्जन, स्टेला महर्जन र गुदेँ दापा खल तथा साथै लक्स शाक्य, युश तण्डुकार, विशेष महर्जन र राजेन्द्र महर्जनले भूमिका निर्वाह गरेका छन् ।
यो म्युजिक भिडियो विश्वास बज्राचार्यले निर्देशन गरेका हुन्। सह—निर्देशक सबिन रत्न शाक्य हुन्।
यो म्युजिक भिडियो मंगलबार बिहान १० बजे ज्योति म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो ।
‘आजु द्यया गं’ म्यूजिक भिडियो कीर्तिपुर सिनेप्लेक्समा मंगलबार सार्वजनिक भएकाे भिडियाे तलकाे लिंक क्लिक गरेर हेर्न सकिने छ ।


