बुध, पुस ३०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बबिना र प्रताप दासको स्वरमा प्रेमिल गीत ‘तिमीलाई देखे पछि’ (भिडियो सहित)

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
Reading Time: 1 min read
0
बबिना र प्रताप दासको स्वरमा प्रेमिल गीत ‘तिमीलाई देखे पछि’ (भिडियो सहित)
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौ । अंग्रेजी नयाँ वर्ष २०२६ को पहिलो झुल्के घामसँगै नेपाली सांगीतिक क्षेत्रमा एक मीठो एवं प्रेमिल गीत सार्वजनिक भएको छ । गायिका तथा संगीतकार बबिना भट्टराईको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीत ‘तिमीलाई देखे पछि’ मा गायिका बबिना भट्टराई र गायक प्रताप दासको युगल स्वर रहेको छ । गीतका प्रेमिल शब्दहरु गीतकार बलदेव थापाले लेखेका हुन् भने संगीत बबिना भट्टराईकै रहेको छ। गीतको भिडियोमा गायिका बबिना भट्टराई र गायक प्रताप दास स्वयं फिचर्ड छन् जसले गीतको भावलाई अझ जीवन्त बनाएको छ । गीतको अन्तिममा गीतकार बलदेव थापालाई झुलुक्क देख्न पाइन्छ । गीतको भिडियोले प्रेमको सुन्दरता, एक अर्काको साथको महत्व र भावनात्मक गहिराइलाई सरल एवं प्रभावकारी ढंगले प्रस्तुत गरेको छ ।

गीतको  एरेन्ज पुरुषोत्तम सुवेदीले गरेका छन्, गीतमा गितारको मीठो धुन सञ्जिव बराइलीले भरेका छन् । म्युजिक नेपालको स्टुडियोमा नकुल कार्कीले रेकर्ड गरेका उक्त गीतको मिक्सिङ र मास्टरिङ प्रकाश खरेलको  रहेको छ । ऐ.जे. अजुले निर्देशन र पोष्टर डिजाइन गरेका गीतको भिडियोको सम्पादन तथा कलर मिन बहादुर रावलले गरेका छन भने श्रृङ्गार प्रिया नगरकोटीले गरेकी छिन् ।
प्रेमिल गीत ‘तिमीलाई देखे पछि’ ले  प्रेमी, प्रेमिका बीचको अटुट बन्धन, एकअर्काप्रतिको पूर्ण समर्पण र साथले जीवनका सबै कठिनाइ जित्ने सन्देश बोकेको छ ।

तिमीलाई देखे पछि यो मन हुने दंग
सबै कुरा भुलिदिन्छु हुँदा तिमी संग ।
तिमीले नै भरिदियौ जिन्दगीमा रंग
एक पल तिमीलाई नदेख्दा हुन्छु नि झसंग
सबै कुरा भुलिदिन्छु हुँदा तिमी संग ।

प्रेमिल गीत ‘तिमीलाई देखे पछि’ का यी हरफहरू गहिरो प्रेम, आत्मिक आकर्षण र प्रेमले जीवनमा ल्याउने रूपान्तरणको सुन्दर अभिव्यक्ति हुन् । प्रिय व्यक्तिलाई देख्ने बित्तिकै मन स्तब्ध हुन्छ, उत्साह र आनन्दले भरिन्छ । प्रेमी या प्रेमिकाको उपस्थितिले मन आफ्नै नियन्त्रण भन्दा बाहिर गएजस्तो अनुभूति हुन्छ । त्यति बेला मन  ‘दंग’ हुन्छ, त्यति बेला मनले  अव्यक्त खुशी, हर्ष र भावनात्मक कम्पन उत्पन्न गर्छ । प्रियसी सँग हुँदा संसारका सारा पीडा, चिन्ता, दायित्व र विगतका घाउहरू सबै ओझेल पर्छन्। उनको प्रेममा मनले पूर्ण रूपमा सुरक्षित र हलुका महसुस गर्छ । उनको आगमनअघि जीवन एकरस, नीरस तथा अधुरो र अपूरो थियो तर उनको आवगमनले जीवनमा आशा, खुशी, अर्थ र सौन्दर्यका सुन्दर रङहरू भरिदिएको छ,  उनको आवगमनले जीवन अब केवल बाँचाई मात्र होइन, अनुभूतिको उत्सव पनि बनेको छ ।
अव त उनी संगको प्रेम यति गहिरो भइसकेको छ कि उनको क्षणिक अनुपस्थितिले पनि मन विचलित हुन्छ, ‘झसंग’ हुन्छ । अव त प्रेममा निर्भरता मात्र होइन, भावनात्मक संवेदनशीलता र डर पनि भरिएको छ, मिसिएको छ ।  मात्र एक पल पनि उनलाई नदेख्दा मन झस्किन्छ अर्थात  ‘झसंग’ हुन्छ । अव त उनी बिना संसार अधुरो अनि अपुरो लाग्न थालेको छ । यति बेला उनी संगको संगत नै जीवनको सबैभन्दा ठूलो सत्य र शान्ति बनेको छ । उनको साथले प्रेम केवल भावना होइन जीवन परिवर्तन गर्ने शक्ति, मानसिक शान्ति र अस्तित्वको आधार पनि हो भन्ने पुष्टि गरेको छ । जीवनमा उनको उपस्थितिले मनलाई एक उच्च अवस्थामा पुर्‍याएको छ जसलाई पूर्वीय दर्शनमा ‘आनन्द’ भनिन्छ । प्रेमिल अवस्थामा यो त्यो क्षण हो जब प्रेमी या प्रेमिकाको हृदयले सबै दुःख,पीडा भुल्छ र मात्र आनन्दमा डुब्छ, उनी बिना जीवन फिक्का छ, र उनको आगमनले खुशी, उत्साह र अर्थको रंग भरिदिएको छ  जसले प्रेमलाई मुक्तिको रूप दिन्छ ।
गीत ‘तिमीलाई देखे पछि’ मा गीतकार बलदेव थापाले प्रेमको गहिराइलाई अझ गहिरो एवं सुन्दर बनाएका छन् । गीतका शब्दहरू सरल एवं गहिरो प्रेम, समर्पण र भावनात्मक आत्मीयताले भरिएका छन् । गीतमा प्रेमलाई उज्यालो, सहारा र जीवनको सबैभन्दा ठूलो शक्ति मानेर प्रस्तुत गरिएको छ ।

अध्यारो रातमा तिमी लाग्छ सुन्दर जून
गीतहरूमा तिमी मेरो प्रिय धुन
जताबाट गने पनि मिल्ने केवल गुन
तिमी नै काफी छौ ल्याउन उमंग
तिम्रो साथ पाए भने जित्छु सारा जंग
सबै कुरा भुलिदिन्छु हुँदा तिमी संग ।

प्रेमिल गीत ‘तिमीलाई देखे पछि’ मा प्रेमिकालाई अन्धकारमा उज्यालो दिने जूनसँग तुलना गरिएको छ । शाब्दिक रूपमा यो उज्यालोको संकेत हो भने साहित्यिक रूपमा प्रेमले जीवनका कठिन क्षणहरूमा आशा र प्रकाश दिने भाव व्यक्त गर्छ । प्रेमिकालाई जीवनको संगीतसँग पनि जोडिएको छ । गीत ‘तिमीलाई देखे पछि’ मा प्रेम केवल भावना मात्र नभई जीवनको लय बनेको देखिन्छ । “जताबाट गने पनि मिल्ने केवल गुन” ले प्रेमिकामा दोषभन्दा गुण मात्रै देख्ने प्रेमीको सकारात्मक दृष्टिकोण झल्किन्छ । साँचो प्रेममा कमजोरी हुदैनन् भए पनि नदेखिने विशेषता तथा यथार्थ गीतमा सुन्दर रूपमा प्रस्तुत गरिएको छ भने जिन्दगीमा उनको अर्थात् प्रेमी या प्रेमिकाको उपस्थिति नै खुशी र उत्साहको स्रोत भएको भाव अटाएको छ । जीवनमा विभिन्न कठिनाई तथा संघर्षहरु आउन सक्छन्, जीवनमा आइपर्ने विविध खालका अप्ठ्यारा परिस्थितिहरुमा पनि जित्न सक्ने शक्ति प्रेममा हुने भाव गीतमा दर्शाइएको छ । प्रेमिल साथ भएमा संसारका सबै कठिनाई पार गर्न सकिन्छ भन्ने दर्विलो आत्मविश्वासको भाव पनि गीतले बोलेको छ भने प्रेममा डुबेको मनले पीडा, चिन्ता र संसारका बोझहरू बिर्सिने अवस्थाको  चित्रण पनि गीतले गरेको छ ।

मलाई जंघार तार्ने तिमी नै हौ पुल
यो मनको बगैँचामा तिमी सुन्दर फूल
मायाले नै माया गर्ने गर मीठो भुल
तिमीलाई मलिन देख्दा मनमा चल्छ तरंग
मन मन्दिरमा सजाउँछु पुर्याएर ढंग
सबै कुरा भुलिदिन्छु हुँदा तिमी संग ।

गीत ‘तिमीलाई देखे पछि’ मा प्रेमिकालाई जीवनको कठिन नदी पार गराउने पुलसँग तुलना गरिएको छ । गीतको यो भाव प्रेममा गहिरो विश्वास र निर्भरताको प्रतीक पनि हो । गीतमा प्रेमिकालाई मनको बगैँचामा फुलेको सबैभन्दा सुन्दर फूलको उपमा दिइएको छ जुन फूलले जीवनमा सर्वाधिक महत्व राख्दछ । प्रेममा सानातिना भुल पनि हुन सक्छन्, प्रेममा हुने ती भुल भुल नभएर प्रेममा गरिने साना भूलहरू पनि मीठा हुने सन्देश दिन्छ । प्रेममा उनको खुसी नै सबैभन्दा ठुलो हो, उनी दुःखी देख्दा, उनको मुहारमा मलिनता हराउँदा प्रेमीको मनमा पनि हलचल मच्चिने संवेदनशील भावना पोखिएको छ । प्रेमिल मान्छे सधैं मनको कुनामा अनि गहिराईमा हुन्छन्, उनको लागि मनको सिंहासन नै सबैभन्दा ठुलो स्थान हो, जसरी मन्दिरमा देवीलाई विशेष स्थानमा राखिन्छ त्यसरी नै प्रेमिकालाई पनि मनको मन्दिरमा देवीसरह प्रतिष्ठित गर्ने समर्पण भाव पनि गीतमा झल्किएको छ ।

गीत ‘तिमीलाई देखे पछि’ ले प्रेमलाई उज्यालो, सहारा, शक्ति र पूर्णताको रूपमा सशक्त चित्रण गरेको छ ।  बलदेव थापाका शब्दमा सरलताका साथै भावनाको गहिराई स्पष्ट देखिन्छ । बबिना भट्टराई र प्रताप दासको स्वरले गीतको प्रेमिल मर्मलाई अझ सजीव बनाएको छ । अंग्रेजी नयाँ वर्षको झुल्के घाम संगै सार्वजनिक भएको यो गीतले प्रेम, विश्वास र एकअर्काको साथको महत्व सम्झाउँदै दर्शक, श्रोताको मनमा मिठो छाप छोड्ने अपेक्षा गरिएको छ ।

 

यो पनि पढ्नुहोस्

‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’को भव्य लाइभ म्युजिक

‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’को भव्य लाइभ म्युजिक

२ दिन अगाडि
हृदयघातबाट गायक प्रशान्त तामाङको  निधन

हृदयघातबाट गायक प्रशान्त तामाङको निधन

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सुनचाँदीको मूल्यमा उल्लेख्य वृद्धि

नेपाल मगर संघले माघे सकराती पर्व मनाउने

सर्वोच्चमा प्रत्यक्षतर्फको मनोनयन पत्र रोक्न माग गर्दै रिट पेस

प्रचण्ड र नेपालले ज्येष्ठ सदस्य नन्दकुमार प्रसाईंसँग लिए शपथ

निर्वाचन तालिका सार्वजनिक गरेर मनोनयन आह्वान

कांग्रेसभित्रको किचलो मिलाउन विशेष महाधिवेशन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक