काठमाडौं । कीर्तिपुरमा दुई दिने कीर्तिपुर तेश्रो लायन्स मिनी मेला २०८२ सभ्य भव्य रुपमा सम्पन्न भएको छ ।
ऐतिहासिक नगरी कीर्तिपुरमा सामाजिक सेवा र समुदाय कल्याणको उद्देश्यसहित लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एच, एमडी ३२५ नेपालको आयोजनामा सम्पन्न भएको तेश्रो लायन्स मिनी मेलामा आँखा जाँच, मधुमेह, डेन्टल क्याम्प, रक्तदान कार्यक्रममा ८७ जना दिएको थियो ।
नेवार समुदायको संस्कृति, सम्पदा संरक्षण सम्बद्धन प्रवर्द्धन गर्ने हेतुले बिसं २०६८ सालदेखि सुरु भएको मेलामा स्थानिय बासिन्दा उलेखनिय सहभागिता जनाइएको कार्यक्रममा लायन्स क्लव अफ काठमाण्डू किपुका संस्थापक अध्यक्ष एवम् लायन्स डिष्ट्रिक्ट ३२५ एच का डिष्ट्रिक्ट गभर्नर लायन रवीन्द्र बहादुर प्रधानको किर्तिपुरको संस्कृति परम्परा झल्किने फोटो प्रदर्शनी समेत गरिइएको थियो ।
सो कार्यक्रममा थाबहा दाफा खलःले दाफा भजन, बाघ भैरव भजन मण्डलले भजन प्रदर्शनी, कीर्तिपुरको लाय्कुमा तान बुन्ने, सुकुल बुन्ने, हलमल प्रदर्शनी, नेपालका उत्कृष्ट १५ जना कलाकारको आर्ट वर्क सप, सांस्कृतिक चित्र प्रदर्शनी, सांस्कृति झल्कने गथामुगः विविध खाना प्रदर्शनीका साथै जाेशी नःनीमा ८४ ब्यंजन,चिलन्चोमा बौद्व धर्मको फोटो प्रदशर्नी, बाह्रा तयेगु विधि प्रदर्शनी बालबालिकाको आर्ट वर्क फेस पेन्टका लाखे, धिमे, नाय्खिं बाजा समेत प्रदर्शनीका साथै क्यालि जात्रा समेत प्रर्दशनी गरिएको थियो ।
तेश्रो मिनी मेलाको पहिलो दिन नेपालका प्रसिद्ध बाँसुरी वादक (बाँसुरी बादक) रमन महर्जन र उनका विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति गरिएको थियो ।
दोश्रोदिन भखरै उदाउदैँ गरेको कीर्तिपुरको दिप द किपुले सांगितिक प्रस्तुतिले दर्शकलाई उत्साहित बनाइएको थियो । यसका अलावा नेपाल भाषाका चर्चित गायिका दिपा महर्जन, गायक नरेनमान महर्जन, सतिश महर्जन, राजेश महर्जन नेवाःले गीत गाएर आफ्नो प्रस्तुत गरेका थिए । साथै कीर्तिपुरकाे इन्द्रायणी जात्रामा देखाइने लाखे पाः काे नाटक समेतकाे प्रस्तुतीले स्थानीय बासिन्दाकाे विशेष ध्यान तान्न सफल भएकाे थियाे ।
कीर्तिपुरमा वडा नं. १, २ र १० वडामा पुष ११ गते शुक्रबार, पुष १२ गते शनिबार गरि दुई दिनसम्म भएको मिनी मेला सम्पदा, संस्कृति प्रेमी स्थानीय जनसमुदायको उलेल्खनीय रुपमा उपस्थित जनाइएको थियो ।


