काठमाडौं । आइतबार कीर्तिमान बनेको सुनचाँदीको भाउ ओरालो लाग्ने क्रम जारी छ । आज बिहीबार पनि सुन तोलामा १ हजार ४ सय रुपैयाँले घटेको छ । यस्तै चाँदी पनि तोलामा ५५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुन आज तोलाको २ लाख ५९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो बुधबार सुनको भाउ १ हजार १ सय रुपैयाँले घटेर तोलाको २ लाख ६१ हजार रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पनि सुनको भाउ तोलामा ७ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ६२ हजार १ सय रुपैयाँ थियो ।
महासंघका अनुसार आज चाँदी तोलाको ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको भाउ तोलामा १ सय २० रुपैयाँले घटेर ४ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पनि चाँदी तोलामा ३ सय ५ रुपैयाँले घटेर तोलाको ४ हजार ५ सय ९० रुपैयाँ थियो ।


