सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home विचार

बिगतकै बोझ बोकेर आइपुगेको २०२६ अग्रेजी नयाँ बर्ष

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

लोकनारायण सुबेदी
हामी मानिस प्रकृतिको उत्कृष्ट सन्तान भएर पनि मातृरुपी प्रकृतिको मनपरी दोहन र शोषण जसरी गर्दै आयौ र गरिरहेका छौं त्यसको बिरुद्ध खपिनसक्नु भए पछि प्रकृतिले समय–समयमा रौद्ररुप लिएर मानिसहरुलाई अत्यन्तै पीडादायी शिक्षा दिन्छ, दिदै आएको र दिइरहेको छ । युद्ध, अशान्ति, प्रकृतिको निर्मम दोहनबाट उत्पन्न प्राकृतिक रोग ब्याधी, बाढी पहिरो, बतावरणको बिनाश, प्रदुषण आदि त्यस्तै नकारात्मक शिक्षा हुन् । त्यसैले केवल सयम फेरिएर मात्र त्यसको सार्थकता केही हुँदैन । मानिस र समाजका गलत परम्परा, पद्धति र प्रबृत्तिहरु फेरिएर असल परम्परा स्थापित र बिकसित हुनुपर्दछ । अनि मात्र नयाँ बर्षोत्सव प्रसन्नमय, सुखमय र उत्सबमय हुन्छ ।अन्यथा ‘श्राद्धमा बिरालो बाध्ने’कथा फेरि दोहोरिए जस्तो मात्र हुन्छ । अहिलेसम्म वास्तवमा त्यस्तै हुँदै आएको हामी सबैले देखेसुनेका र भोगिरहेका पनि छौं ।
निश्चय नै पात्रो फेरिएको औपचारिकताको आदान–प्रदान गर्नु एउटा कर्मकाण्डीय कुरा होला । तर यो रुप पक्षीय कुरा मात्र हुनपुग्दछ । सार पुरानै रुपमा नयाँको न्यानोको पातलो लेप लगाएर रमाउनुको क्षणिक र भ्रमपूर्ण आनन्दले वास्तबिक जीवन र जगतको सही प्रतिनिधित्व पनि गर्दैन । त्यसमा पनि जुन समाजमा असमानता, गरीबी, अभाव, बेरोजगारी र बिभेद ब्याप्त हुन्छ त्यहाँ साल या बर्ष फेरिएर केही फरक पर्दैन । मूल कुरा त उल्लिखित बोझहरुबाट मुक्त भएर समानता, न्याय, सम्बृद्धि र सम्पन्नता प्राप्त गर्नु हो । अनि तिनको अबिच्छिन्नता र शतत निरन्तरता क्रम चल्नु हो ।
हामीले बिश्वलाई सर्सरी मात्र हे¥यौं भने मात्र पनि समाजका तल्लो बर्गका बिभिन्न तप्काहरुमा बिषादको छाया परेको छ — जसले असीम दुःख, अथाहा सागर जस्तै तिनले कति गहिरो, कति अन्धकार, कति पर्वत गुफा अदिलाई आफ्नो पेटमा समेटेको छ त्यो अनुभूत हुन्छ । बाहिर त केवल समयको स्वप्नाभाष मात्र देखिने गर्दछ । नब बर्षमा आफुलाई ल्याउनु त्यो मर्ममा मल्हम लगाएर दुःख कष्टमा आशा, भरोसा तथा सही प्रकाश दिनु हो । आखिर यो त कसैले पनि कालखण्डको गर्भको तितीर्षा देख्नु, भोग्नु र त्यसबाट मुक्ति खोज्नु न हो । एउटा मानिसले कतिसम्म अन्धकार सहन सक्तछ ? बितेका बर्षहरुमा बिश्वमा यस्ता अन्धकारका घटनाहरुले जुन हस्ताक्षर गरेका छन् त्यो केवल एउटा पक्ष हो । सुन्दर भाविष्यको मागको रुपायन पनि बिचार तथा साहित्यको काम हो । नब बर्ष त्यसपछि मात्र बन्दछ ।
प्रत्येक बर्ष यस्ता नयाँ बर्षहरु आउँछन् जान्छन् । बर्षैपिच्छे यस प्रकार नब बर्षको यथार्थ के हो भन्ने कुरा नबुझी केवल औपचारिकता पूरा गरेर यो समाप्त हुन्छ । यही क्रम पुनः दोहो¥याउने गरिन्छ । नयाँ बर्षमा अन्तरनिहीत भावनाको गहिरो र गम्भीर अध्यन,चिन्तन, मनन र अनुगमन केही हुदैन । अहिलेसम्मका हाम्रो इतिहास कालखण्डहरु यसरी नै बित्दै गएका छन् । फेरि पनि बित्दै जान्छन् ।
यद्यपि नब बर्ष केवल नयाँ समयको पर्व मात्र होइन । यो जीजीबिषा,सामुहीकता, बैभव, समृद्धिको कामना, संकल्प, नूतनताको उन्मेषको प्रकटीकरण पनि हो । बिषादको छायाँको बिरुद्ध नबीताको उद्घोष पनि हो । वास्तवमा बिगत बर्षले हामीबाट हाम्रो आकलन र मूल्यांकन चाहन्छ । नयाँ बर्ष उज्यालो बिम्बको रंगीन माछा जस्तै हाम्रो मनको संरचनामा छचल्किन्छ । नब बर्षको पक्ष आवश्यकरुपले बिगत बर्षको अघिल्लो चरण हो । यो मिठो, अमिलो,तीतो,पीरो, टर्रो आदि बिभिन्न स्वादहरुबाट संपृक्त छ । नयाँ बर्षले बिगत बर्षको सन्धि बिन्दूमा हामीलाई धेरै पटक एकान्त चिन्तन मननको सुविधा प्रदान गर्दछ । नब बर्षले हामीलाई भबिष्यका दृष्यहरुसँग परिचय गराउनतिर लैजान्छ । हाम्रो दृष्टिमा संसार उसै पनि युग्महरुबाट सिर्जित छ – पुरानो या नयाँ, परम्परा या आधुनिकता, स्थिर र जंगम आदि इत्यादिबाट । नयाँ समयको अर्थ मनको रंगमा नयाँ सिर्जनाको संकल्पको रुपमा जोडिएको हुन्छ ।दुःख, बिषाद अभाव,बेरोजगारीको बज्र र संकट – यी सबै कुरा हुँदाहुदै पनि नब बर्षले हामीलाई नयाँ दुष्चक्रलाई भेदन गर्नतिर आलोकित गराउँदछ र यसका लागि उष्मा तथा ऊर्जा दिन्छ भने मात्र त्यो वास्तवमा नब बर्षको महिमा गानको अर्थ पनि हुन्छ ।प्रष्ट छ, नयाँ बर्षलाई सार्थक तुल्याउन हामीले मानबीय जीबनका सबै आबश्यक आधारहरू प्राप्त गरेकै हुनु पर्दछ ।
त्यसैले नब बर्षलाई साच्चै सार्थक र मूर्तरुपमा रुपमा मान्ने मनाउने हो भने पुराना या बिगतदेखिका सारा बिकृति र बिसंगतहरुलाई फाल्नु पर्दछ र फाल्ने दिशामा सचेतनरुपमा अग्रसर हुनै पर्दछ । त्यो साहस, त्यो दृिष्ट, त्यो संकल्प, त्यो नैतिकता, त्यो इमानदारीताको परिपालना अथक संघर्षको द्योतक बन्नु पर्दछ । पाखण्ड प्रदर्शन र त्यसलाई दोहो¥याइरहने औपचारिक गतिबिधिले केही हुदैन । यो समयले सिकाएको अखण्डनीय पाठलाई मनन गर्नु आवश्यक छ । अन्यथा हामी एउटा औपचारिकताको अन्ध अभ्यासको निरन्तरतामा खोक्रो आडम्बरमा मात्र रमाइरहेका हुन्छौं र त्यसैमा अभ्यस्त भइरहेका हुन्छौ । मनमा बिषाद मुखमा फिस्स हाँसोको आडम्बरी जीवन बाचिरहेका हुन्छौ । त्यहाँ समयोत्सव एउटा यस्तै बिडम्बनाको क्रम उपक्रम मात्र बनिरहन्छ र अभ्यस्त भइरहन्छ । हामीले आज देखिरहेको समाजको भित्री तह र सतहको वास्तविकता यही नै हो । त्यसर्थ, समयलाई आज क्रमभंगता चाहिएको छ । त्यो क्रम भंगता समाज र प्रकृतिमाथिको निर्मम दोहन र शोषण बिरुद्धको गलतबाट सहीतिर, खराबबाट असलतिर, परनिर्भरताबाट स्वनिर्भरतातिर, दुर्बलताबाट सबलतातिर, अवसरबादबाट सत्यनिष्ठातिरको अर्थपूर्ण, आधारभूत र दूरदर्शी तथा कालभेदी क्रमभंगता हो ! अनि मात्र नब बर्षोत्सवको बास्तविकता सही अर्थमा जनताको सामुहीक इच्छाकोरुपमा हाम्रा बीचमा अभिब्यक्त हुन्छ । अन्यथा ‘बर्ष नयाँ तर बोझ पुरानै’ भन्ने कबिता नै दोहोरिइरहने छ । त्यसैले हामी त्यस्तो समानतामा अधारित न्यायपूर्ण समाज र परिवेश नब निर्माणा गर्न अग्रसर होऔं ! अनि बिध्वंशकारी इस्वी सम्वत २०२५ बाट पाठ सिकौं, सही शिक्षा लिऔ ! सबैमा अग्रेजी नब बर्ष २०२६ को आगमनका बेला यही हार्दिक मंगलमय शुभकामना छ !

 

यो पनि पढ्नुहोस्

जनकपुरबाट रास्वपाकाे चुनावीसभा

जनकपुरबाट रास्वपाकाे चुनावीसभा

४२ मिनेट अगाडि
रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

४६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सेयर बजारमा सबै सूचक बढ्याे

खोला मापदण्डविरुद्ध  प्रदर्शन

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

देउवा समूह सर्वोच्च अदालत जाँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक