काठमाडौं । जनमत पार्टीले काठमाडौं लगाएत बिभिन्न जिल्लामा धोती दिवस मनाएको छ । काठमाडौंको माइतिघर लगाएत बिभिन्न जिल्लामा जनमतले धोती दिवस मनाएको हो ।
आ–आफ्ना मौलिकता झल्किने धोती, कुर्ता आदि पोसाक लगाएर धोती दिवस मनाउन जनमतका नेताहरु लगाएत माइतिघरमा सहभागी भएका थिए ।
उनीहरुले धोती हाम्रो शान हो, मधेशीको पहिचान हो, मधेशी एकता जिन्दावाद, धोती भनेर हेप्न पाइदैन, धोती हाम्रो राष्ट्रिय पोशाक हो लगाएतका प्लेकार्ड देखाएका थिए ।
सो क्रममा जनमत पार्टीका बरिष्ठ नेता ममता झाले सवै जातजातीको आफ्नै भेषभुषा रहेको र त्यसलाई सवैले आफ्नो सम्पती मान्नुपर्ने बताए । उनले भेषभुषाका आधारमा कसैलाई अपमानित गर्न नहुने जनाए । जनमतले जनवरी १ तारिकका दिन हरेक बर्ष धोती दिवस मनाउदै आएको छ ।


