काठमाडाैं । नेपाली राजनीतिमा नयाँ शक्तिका रूपमा उडाउँद गरेकाे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो ११० समानुपातिक सांसदको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ।
रास्वपामा बालेन र कुलमानसमेतको एकतापछि तयार पारिएको अन्तिम बन्दसूचीमा रास्वपामा सक्रिय पुराना नेता देखि कलाकार, पत्रकार, अभियन्ता, हिमाल आरोहीहरू तथा उद्यमी व्यवसायीहरू समेत छन् ।
बन्द सूचीमा रास्वपा सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहप्रवक्ता प्रतिभा रावल, केन्द्रिय सदस्य रमेश प्रसाईं, क्रान्तिशिखा धिताल, प्रमोद न्यौपाने देखि गायक प्रकाश सपुत देखि उद्यमी विदुषी राणासम्म समानुपातिक सांसदको सूचीमा अटाएका छन् ।
यस्तै, सिएनएनकी पूर्व पत्रकार सुम्निमा उदास, डा। रामजी राम, रञ्जु दर्शना, प्रकाशचन्द्र परियार, समीक्षा बाँस्कोटा पनि रास्वपाको बन्द सूचीमा छन् । यि हुन् रास्वपाको बन्द सूचीमा रहेका ११० जनाको सूची






