कलैया । आज बारा जिल्लामा भएको क्रान्तिकारी कमरेडरुको एक भेलाले नेपाल कम्युनिष्ट पार्टीको बारा जिल्ला तदर्थ समिति गठन गरेको छ । पार्टीको केन्द्रिय सचिवालय सदस्य तथा मधेश प्रदेशका सेक्रेटरी तथा अखिल नेपाल प्रगतिशील किसान संघका नब निर्वाचित महासचिव क. राजन साहको अध्यक्षता तथा सचिवालय सदस्य तथा बुद्धिजीवी संगठनका संयोजक महादीप पोखरेल, अर्का सचिवालय सदस्य तथा यूवा इञ्चार्ज भिम नेउपाने र पोलिट ब्यूरो सदस्य तथा क. शिव तिवारी समेतको बिशेष उपस्थतिमा सम्पन्न भेलामा क.कैलाश यादव,क.आनन्द त्रिपाठी,क. लक्ष्मी राउत यादब, क. भैयाराम यदब, क. त्रिलोकी ठाकुर, क. रामसागर पटेल र क. पारस ठाकुरको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रमका आरम्भमा भेलाले नेपाली जन आन्दोलनका महान शहीदरुप्रति सम्मान प्रकट गर्दै एक मिनेट मौन धारण गरेको थियो । भेलालले आवश्यक बिचार बिमर्श छलफल गरेर क. कैलाश यादवको संयोजकत्वमा ७ सदस्यीय बारा जिल्ला समिति गठन गरेको छ । जसमा सेक्रेटरी क. कैलाश यादव, र सदस्यहरुमा क. आनन्द त्रिपाठी,क. लक्ष्मी राउत यादब, क. भैयाराम यादब,क. त्रिलोकी ठाकुर, क.मिस्टर रामसागर पटेल र क. पारस ठाकुर रहनु भएको छ । भेलाले अन्य कमरेडहरु समेत थप गरी ११ जना सदस्य रहेको कार्य समिति बनाउने निर्णय गरेको छ । त्यस अबसरमा अखिल नेपाल प्रगतिशील बुद्धिजीव संघका संयोजक महादीप पोखरेल, अखिल नेपाल प्रगतिशील यूवा संगठनका इञ्चार्ज सचिवालय सदस्य क. भिम नेउपाने र पोलिट ब्यूरो सदस्य क. शिव तिवारीले सम सामयिक बिषयमा प्रकाश पार्नु भएको थियो भने उपस्थिति सबैलाई धन्यबाद तथा नब निर्वाचित समितिलाई बधाई दिदै प्रदेश सेक्रेटरी तथा सचिवालय सदस्य क. राजन साहले भेलाको समापन भएको घोषणा गर्नु भएको थियो ।ब


