काठमाडौं । चन्द्रागिरी नगरपालिका-१२ बलम्बु बस्ने कालिकोट पलाता गाउँपालिका-१ पुलाहा घर भएका २७ वर्षीय दान सार्कीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ ।
चन्द्रागिरी नगरपालिका-१५ नैकाप ओरालास्थित निर्माणधीन घरमा काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


