बुध, माघ ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

सभापतिमा पूर्णबहादुरलाई सघाउने देउवाको प्रष्ट सन्देश

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
सभापतिमा पूर्णबहादुरलाई सघाउने देउवाको प्रष्ट सन्देश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

सन्ताेष अधिकारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औं महाधिवेशनमा उपसभापति पूर्णबहादुर खड्कालाई नै सहयोग गरेर अघि बढ्ने बताएका छन् । पार्टीको उपसभापति भइसकेको र अहिले कार्यवाहक पनि चलाइरहेको बताउँदै देउवाले खड्कालाई नै आफूले सहयोग गर्ने स्पष्ट पारेका हुन् ।

‘मैले पूर्णबहादुरलाई नै सहयोग गर्छु । अरूलाई पनि भन्ने गरेकै छु । उपसभापति हो । अहिले कार्यवाहक पनि उसैले चलाइरहेको छ,’ मंगलबार बिहान देउवाले केही सञ्चारकर्मीहरूसँगको कुराकानीमा भने ।

उनले अब आफू सभापतिको उम्मेदवार हुन नमिल्ने बताउँदै पछि सभापति हुनेले आवश्यक ठान्दा र माग्दा सल्लाह भने दिने बताए ।

‘हाम्रोमा तीन पटक सभापति हुन मिल्दैन भनेर विधानमै उल्लेख गरेको छ । म हुँदिनँ पनि । पार्टीको चिन्ता धेरै लाग्छ नि, लागेर के गर्नु?’ उनले भने, ‘पछि पनि सभापति हुनेले सल्लाह लिन चाहे भने सल्लाह दिन्छु । सल्लाह नचाहिए दिने कुरा भएन ।’

शेखर र गगनबारे देउवा

देउवाले नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा पनि सभापतिको उम्मेदवार हुने भन्ने जानकारी आफूले पाएको बताए ।

‘शेखरले त अहिलेसम्म म सभापतिको उम्मेदवार हुँदैछु, सहयोग गर्नुस् भन्नु भएको छैन । बाहिर सुनेको छु,’ उनले थपे, ‘गगन र विश्व चाहिँ आउनु भएको थियो । मैले अहिले पूर्णबहादुरलाई नै सहयोग गर्छु भनेँ ।’

यसबारे उनीनिकटका अर्का नेताले पनि देउवाले आफूकहाँ आउने नेताहरूलाई सभापतिमा पूर्णबहादुरलाई नै सहयोग गर्ने वचन दिएको बताउने गरेका छन् ।

‘यतिका समय आफ्नै समूहमा रहेर पार्टीमा सक्रिय भएको, उपसभापति भइसकेको र अब सभापतिको उम्मेदवार हुने इच्छा देखाइरहँदा पूर्ण दाइलाई नै सहयोग गर्ने भनेर सभापतिले भन्नु भएको छ,’ उनीनिकट एक नेताले भने ।

विशेष महाधिवेशनबारे

सभापति देउवाले नियमित महाधिवेशनकै तालिका ल्याइसकेपछि विशेषको बहस उपयुक्त नहुने पनि तर्क गरे । उनले फागुन २१ गते चुनाव हुने भइसकेपछि त्यसअघि पार्टी महाधिवेशन सम्भव नभएको पनि बताए ।

‘निर्वाचनअघि पार्टी महाधिवेशन गर्न समस्या होइन । तर, अधिवेशनमा हारेको मान्छेसँग रिसिवी बाँकी नै हुन्छ,’ उनले भने, ‘माघमा महाधिवेशन गरेर फागुनमा चुनावमा जान सकिँदैन नि ! यताको रिसले उता चुनाव हराउन लागिपर्छन् नि नेताहरू ।’

उनले थपे, ‘हाम्रो पार्टीमा कहिल्यै एकता कायम भएन, त्यता कसैको ध्यान छैन ।’

देउवाले महाधिवेशन गर्दा उपयुक्त हुन्छ भनेर आफूले असोज २८ गतेदेखि कार्यवाहक दिएको पनि बताए । उनले थपे,’ नियमित समयमै महाधिवेशन हुनुपर्ने हो तर भएन । मैले के गर्न सक्छु र ? अब विशेष चाहिँ सम्भव छैन ।’

महामन्त्री गगन थापा फागुनको चुनावअघि नेतृत्व परिवर्तन गरेर मात्रै चुनावमा जानुपर्छ भनिराख्नुभएको छ नि भन्ने प्रश्नमा देउवाले भने- ‘विशेष महाधिवेशनमा गयो भने त्यसको विधि के हुने भन्ने स्पष्ट छैन । कसरी गर्ने, विशेष माग्नेहरूको विवरण रुजु गराउनै कति समय लाग्ला ? त्यसकारणले यो सम्भव छैन ।’

उनले थपे, ‘विशेष महाधिवेशन हुँदै हुँदैन । गर्ने नै हो भने गरे भैहाल्यो त ! मैले कार्यवाहक दिएकै छु । मैले रोक्ने कुरा चाहिँ हुँदैन ।’

‘प्रत्यक्ष चुनाव लड्छु’

देउवाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा आफू डडेलधुराबाटै प्रत्यक्षतर्फ चुनाव लड्ने पनि बताए । ‘म प्रत्यक्ष चुनाव लड्छु । कसैले समानुपातिक बस पनि भनेका थिए,’ उनले भने, ‘म विगतको समय त्यति प्रतिकूल हुँदा त चुनाव लडेर जितेर आएको मान्छे, अब विश्राम लिनुअघि पनि प्रत्यक्ष नै लड्छु नि !’

प्रतिनिधिसभा गठबन्धन हुँदैन, राष्ट्रिय सभामा निर्णय भएको छैन’

यो पनि पढ्नुहोस्

प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?

साम्राज्यबादको नाङ्गो नाच बिरुद्ध सम्पूर्ण उत्पीडित राष्ट्र र जनता भेनेजुएलाको साथमा

१० घण्टा अगाडि
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रास्वपाका सभापति चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता

१० घण्टा अगाडि

माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनबारे गठबन्धन गर्नेबारे अहिल्यै कुनै निर्णय नभएको बताए । प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन हुने सम्भावना नरहेको बताएका उनले राष्ट्रिय सभा निर्वाचनको विषयमा भने छलफलका लागि समय बाँकी नै रहेको बताए ।

‘राष्ट्रिय सभा निर्वाचनमा कसरी अघि जान सकिन्छ भनेर बुझ्दैछु । बल्ल यता समानुपातिकको कुरा टुंगियो,’ उनले भने ।

चुनावमा होमियो देश

देउवाले देश चुनाव केन्द्रित भएको तर, सुरक्षाको प्रत्याभूति भने हुन नसकेको बताए ।

‘चुनाव त हुने भइहाल्यो । हामी चुनावबाट भाग्ने कुरा हुँदैन । समानुपातिकको बन्दसूची नै बुझाइसकियो’ उनले भने,’ तर नेताहरूको स्थान हद, विभिन्न धम्की र केही घटनाहरूले सुरक्षाको प्रत्याभूति भइसकेको देखिँदैन । सरकारले गर्छु भनिरहेको छ । हेरौँ ।’

जेनजी आन्दोलनबारे  

देउवाले भदौ २४ गते आफूमाथि आक्रमण हुँदा नेपाली सेनाको कर्णेल र जेनजीहरूले नै जोगाएको बताए । त्यस्तै उनले यस्तो आक्रमण होला भन्ने कल्पनै नभएको पनि सुनाए ।

‘यस्तो आक्रमण होला भन्ने त कल्पनै भएन । चारैतिरबाट घेरेर आक्रमण भयो । निस्किने मौकै पाइएन । राजावादीको कतै पनि केही भएन नि । तपाईंहरूलाई पनि थाहा होला र रास्वपाको पनि कतै भएन,’ उनले भने, ‘सबैभन्दा धेरै हाम्रो कांग्रेसका नेताका घर, पार्टी कार्यालय आक्रमण गरियो । हाम्रो पछि एमालेको क्षति भएको पाइयो । हाम्रोभन्दा माओवादीको केही कम क्षति भएको देखियो ।’

उनले आफूलाई जेनजी र आर्मीले जोगाएको बारे भने, ‘हामीलाई त जेनजीले नै जोगाए । आर्मीका कर्णेलले पनि जोगाएका हुन् मलाई चाहिँ । यो आन्दोलनमा घुसपैठ भएको त देखिन्छ ।’  अनलाइन खबर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाबाट सागर ढकालकाे उम्मेदवारी

लुसिफर, बालेन्द्र र नेपालको राजनीति

एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता  

एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी

रास्वपाका सभापति चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता

पूर्व पर्यटनमन्त्री आलेद्वारा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक