-लेखराज रेग्मी
मैले केहि समय अघि अन्तरविरोध बारे चर्चा गरेको छु. जसमा सामान्यतया आधारभूत अन्तरविरोध, स्थानिय अन्तरविरोध, प्रधान अन्तरविरोध र प्रधान पक्ष बारे सहि समझदारी स्थापित गर्न केहि आधारभूत सवालहरुमा छलफल चलाएको छु. हमीले राष्ट्रिय र अन्तर्राष्ट्रिय आधारभूत अन्तरविरोध वारे केहि निरुपणहरुको पनि चर्चा गरेका छौं . आज देशको बदलिएको स्थितिमा देखापरेका सामाजिक आर्थिक अन्तरविरोध र त्यसको राजनैतिक प्रभाव, उदियमान पक्ष र हाम्रो पक्षधरताले पैदा गर्ने शक्तिसंतुलनको स्थिति, यसले तय गर्ने हाम्रा सहकार्य संश्रयकारी शक्तिहरु, अन्तरविरोधहरु, तिनका स्वरुपहरु तथा यसमा पर्ने बाह्य प्रभाव समेतको छोटो चर्चा आबश्यक हुन्छ .तर हामी याबत सवालमा प्रसंगमा बाहेक बुँदागत छलफल गर्ने छैनौं .यस्तो किन पनि आबश्यक छ भने पाठकिय स्वभाव रुची र लेखको साइज बारे प्राबिधिक सजगता आबश्यक रहन्छ . त्यसकारण म सोझै बिषय प्रवेशको अनुमति चाहन्छु.
ने क पा को गठनकाल देखि नै हामीले सामन्तवादसंग किसान मजदुर वर्गको अंतरविरोध अर्थात राजा राजतन्त्र खासगरी निरङ्कुश राजतन्त्र संगको नेपाली जनताको अन्तरविरोध लाई प्रधान मान्यौं . सात सालको क्रान्ति, भारतिय हस्तक्षेपको कारण राष्ट्र र राष्ट्रिय हितमा परेको प्रतिकुल प्रभाव, सातसाल पछि जनताको बिरोध दबाउन भारतिय सेनाको परिचालन जस्ता घटनाहरुले तथा भारतिय नयाँ शासक वर्गले बिभिन्न स्वायत्त र स्वतन्त्र राज्यहरुलाई गाभ्न र बिलय गर्न चालेका शैनिक गैरसैनिक हस्तक्षेपको स्थिति र त्यसले प्राप्तगर्ने अन्तर्राष्ट्रिय समर्थन हरुले हाम्रो चेतनामा पारेको प्रभावको कारण भारतिय बिस्तारवाद र उसको पक्षधर देशिय राजनैतिक शक्ति र प्रबृत्ति बिरुद्ध राजासंग मिल्नुपर्ने मान्यताको बिकाश बिचमा नेपाली कम्युनिस्ट आन्दोलनमा देखापरेको बिबाद प्रधान अन्तरबिरोध संवन्धि अस्पष्टताको कारक रहेको र यसको तदर्थवादी निकासको रुपमा चौथो महाधिवेशनले दुवैसंगको अन्तरविरो समान र एकिकृत ढंगले प्रधान अन्तरबिरोध रहेको निष्कर्ष निकाल्यो. रायमाझीको राजावादी तथा ख्रुश्चोभ पंथी लाइनलाई यसले कमजोर बनाएपनि दुई फरक अंतरबिरोध लाई समानान्तर र बैकल्पिक प्रधान अन्तरबिरोध वनाउने र आन्दोललाई यता न उताको बनाइरहने प्रबृत्ति लाई पूर्णरुपले चिर्न सकिएको थिएन. तात्कालिक माले लगायत केहि समुहहरु लामा बिशेषणहरु सहितको घरेलु प्रतिकृयावादको भ्रामक परिभाषामा अल्झिए . तर प्रधान अन्तरविरोध संवन्धमा सबै समुहहरु चौथो महाधिबेशन बिरुद्ध उभिए. चौथो केन्द्रिय समितिको बिघटनसंगै चौथो महाधिवेशनमा बिभाजन आयो. त्यसको एउटा घटक निर्मल लामाको नेतृत्वमा चौथो महाधिबेशन समुहको रुपमा अस्तित्वमा आयो. यसले औपचारिक रुपमा आधारभूत अन्तरविरोधहरुको निर्क्योल गर्यो र सामन्तवादसंगको अंतरबिरोध लाई प्रधान अंतरबिरोधको रुपमा सुस्पष्ट किटानी गर्यो. यसरी प्रधान अंतर्विरोधको अन्योलको अंतभयो. यो ऐतिहासिक तथ्य नेकपा (एकताकेन्द्र)को स्थापना संगै स्थापित भयो. तर २०६२/६३ को जन आन्दोलन र खासगरी नयाँ संबिधान घोषणा संगै नेपाली जन आन्दोलन र राजनैतिक आन्दोलनमा पुनः प्रधान अंतरविरोध बारे डरलाग्दो भ्रम अन्योल र अकर्मण्यता देखापरिरहेको छ. यस्तो स्थितिमा समाजवाद र साम्यवादका पक्षधरहरुमा जुनप्रकारको गत्यावरोध बिभाजन र किं कर्तब्य बिमुढता देखापरिरहेको छ ,प्रधान अन्तर्बिरोधको किटानी बिना समाधान हुन सक्दैन.
वैश्विक अन्तरविरोध हरुमा आज पनि पूँजी र श्रम बिचको अन्तरविरोध सार्वभौम आधारभूत सार्वत्रिक अन्तरविरोध हो. तर वैश्विक पूँजीबजारमा बित्तिय पूँजीले मूख्य स्थान ओगटेको छ ,सिन्डिकेट कार्टेल जस्तै एउटा नयाँ संस्थागत उपकरण अगाडि आएको छ कन्सलटेन्सी जसले बित्तिय पूँजीलाई मुद्रा प्रणाली र बैंकहरु जस्तै सहयोग गर्दछ. श्रममा बिकास भएको ठेक्का प्रणाली र श्रम तथा रोजगार एजेन्सीहरुले ट्रेडयुनियनहरुलाई मोलतोल र संघर्षको औजार रहन दिएनन. यी सबै कारणहरुले पूँँजी र श्रमको संवन्धको स्वरुपमा फेरबदल भएको छ र आन्दोलनमा एकप्रकारको भ्रम देखिएको छ. यससंगै कृषि र उद्योगमा देखिने यान्त्रिकरणमा आएको स्वचालित र डिजिटल प्रबिधिले पनि उत्पादनमा श्रमसंवन्धको स्थिति केहि बदलिएको छ र अदक्ष श्रमिकहरुको रोजगारी घटेको मात्र छैन बेराजगारहरुको बृद्धि गुणात्मक छ. यसले आर्थिक बिकाश नभैरहेका देशहरुलाई परनिर्भर र आयातमुखी मात्र बनाएको छैन उनीहरुका सार्वभौम संप्रभुतामा चुनौति थपिएको छ. पूँँजीको बहुराष्ट्रिय स्वरुपले आन्तरिक अर्थतन्त्रको बिकासमा अबरोध मात्र होइन पूजीपतिवर्गको राष्ट्रिय चरित्र पनि बिघटनमा परिरहेको छ. साम्राज्यवादी देशहरु र उत्पिडित देश राष्ट्र र राष्ट्रियता बिचको अन्तरविरोध बिगत झै स्पष्ट र सपाट ढंगले पर्गेल्न नसकिने गरि जटिल बन्ने गरेको छ. नव उदारवाद अर्थब्यवस्था र राज्य ब्यवस्थामा यसरी गुजुल्टिएको छ कि राष्ट्रिय मुक्ति आन्दोलनको स्वरुप र संश्रयवारे बिगतका संश्लेषणहरु अपुष्ट लाग्न थालेका छन.
पछिल्ला दिनमा बिकाश भैरहेको अन्तर साम्राज्यवादी बैश्विक अन्तरविरोध पनि नयाँ बिकसित स्थितिको आधारमा पुनर्बिबेचना गर्नुपर्ने स्थिति छ. यसले साम्राज्यवाद र उत्पिडित देशहरुको अन्तरबिरोध बारे पनि सोच्नुपर्ने स्थिति तय गरिदिएको छ . यतिबेला शास्त्रिय मार्क्सवादले बिगतमा निर्क्योल गरिसकेका सार्वभौम तथा आधारभुत अन्तरबिरोधमा पुनः स्पष्टताको आबश्यकता लाई देखाइरहेको छ. यसकारण समाजवादी शिबिर र साम्राज्यवाद बिचको अन्तरबिरोधलाई बदलिएको परिस्थितिको आधारमा पहिचान गर्नुपर्ने भएको छ .यतिबेला सतहमा देखिएको बैश्विक ध्रुबिकरण र दुईध्रुबिय शक्तिसंतुलन बारे पनि पुनर्मूल्यांकन गरिनु आबश्यक छ.
यी सबै सवालहरुका बाबजुद आज पनि बैश्विक अन्तरबिरोध मा आधारभुत ढंगले श्रम र पूँँजीका बिचको अन्तरबिरोध कायम छ, बैज्ञानिक समाजवाद अर्थात सर्वहारा बर्गिय अधिनायकत्व लागु गर्दै सबै सामाजिक बिभेदहरुको अन्त्य तथा उत्पादन क्षमता, उत्पादकत्व र बितरणमा समुचित बिभेदरहित समाजवादी बिश्वब


