आइत, माघ ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

‘हाम्रो प्रहरी कार्यक्रम’ सुरु

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
‘हाम्रो प्रहरी कार्यक्रम’ सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा प्रहरी–नागरिकबिचको सहकार्य र सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल प्रहरीले ‘हाम्रो प्रहरी कार्यक्रम’ सुरु गरेको छ । यस अन्तर्गत जिल्ला प्रहरी परिसर काठमाडौँले आइतबार वसन्तपुर परिसरमा स्थानीय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिसहित गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको भावना अनुसार नेपाल प्रहरीले आफ्नो सेवा प्रवाह गर्ने बताउनुभयो ।

कार्कीले भन्नुभयो, “युग सुहाउँदो, नागरिकले चाहेको जस्तो शान्ति सुरक्षा र सेवा प्रवाह गरी सुरक्षित समाज निर्माण गर्न हाम्रो प्रहरी अभियान कोसेढुङ्गा बन्ने छ ।’’ उहाँले कानुन कार्यान्वयनमार्फत कानुनी शासन स्थापना गरी सभ्य समाज निर्माणमार्फत समृद्ध मुलुक निर्माणका लागि सबै प्रहरी युनिटले नागरिक र प्रहरी सम्बन्धलाई थप प्रगाढ बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

माइती नेपालका संस्थापक तथा समाजसेवी अनुराधा कोइरालाले लागुऔषध दुव्र्यसन र महिला तथा किशोरीमाथि हिंसात्मक घटना वृद्धि हुनु चिन्ताजनक रहेको बताउनुभयो । प्रहरी र समुदायको सक्रियतामा मात्र यी घटना नियन्त्रण गर्न सकिने बताउँदै कोइरालाले भन्नुभयो, “विगतमा महिला तथा बालबालिकालाई अर्को देशमा पु¥याएर बेचबिखन गरिन्थ्यो तर अहिले किशोरी घरछिमेकमै असुरक्षित हुने क्रम बढ्नु अत्यन्तै चिन्ताजनक छ ।” काठमाडौँ महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलले गत भदौ २३–२४ गते जेनजी आन्दोलनमा प्रहरीसँगै मुलुकले अकल्पनीय क्षति भोग्न परेको बताउँदै प्रहरीको मनोबल उकास्न समुदायस्तरबाट पु¥याएको योगदान अतुलनीय रहेको बताउनुभयो । डङ्गोलले भन्नुभयो, “प्रहरीको मनोबल उच्च नभई समाज सुरक्षित बन्न सक्दैन । त्यसैले शान्ति सुरक्षा कायम गर्न समुदायको पनि उत्तिकै भूमिका हुनुपर्ने भएकाले नागरिक प्रहरी सम्बन्ध थप सुमधुर हुनु पर्छ ।”

उहाँले क्षतिग्रस्त प्रहरीका संरचना पुनर्निमाण गर्न कामपाले आवश्यक सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले मुलुकमा शान्ति सुरक्षा कायम गर्दै अपराध नियन्त्रणमा प्रहरी र समुदायको सहकार्य आवश्यक रहेको बताउनुभयो ।

मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८० प्रतिशतभन्दा बढी रहेको बताउँदै उहाँले भन्नुभयो, “निजी क्षेत्र चलायमान हुन शान्ति सुरक्षा अत्यन्तै महत्वपूर्ण छ । जेनजी आन्दोलनमा व्यावसायिक क्षेत्रमा पु¥याइएको क्षतिबाट खस्केको निजी क्षेत्रको मनोबल उकास्न सरकारले विशेष पहल गर्नु पर्छ ।”

त्यसै गरी वरिष्ठ कलाकार हरिवंश आचार्य, योगेश्वर अमात्य, संरक्षणकर्मी गणपतिलाल श्रेष्ठ, नेपाल क्रिकेट सङ्घका सचिव तथा नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले समाजमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीले पु¥याएको योगदानको चर्चा गर्दै हाम्रो प्रहरी अभियानमार्फत युवापुस्ता र प्रहरीको सम्बन्ध थप सुमधुर हुने अपेक्षा व्यक्त गर्नुभयो ।

सो अवसरका शान्ति सुरक्षामा योगदान पु¥याउने र विभिन्न क्षेत्रका व्यक्तिलाई सम्मान गर्नुका साथै विभिन्न स्कुल तथा कलेजमा अध्ययनरत विद्यार्थीलाई प्रहरी ब्रान्ड एम्बेसडर घोषणा गरिएको छ ।

 

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

५ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक