काठमाडाैं । रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीचको सहमतिलाई श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले हाँसोमा उडाएका छन् ।
आइतबार बिहान रास्वपाका सभापति रवि लामिछाने र बालेनबीच बालेनलाई निर्वाचनपछि प्रधानमन्त्री बनाउनेसहितको ७ बुँदे सहमति भएको थियो ।
साे सहमतिप्रति टिप्पणी गर्दै धरान उपमहानगरपालिका मेयर समेत रहेका साम्पाङले जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेको बताएका छन् ।
यतिमात्रै होइन उनले विदेशीको इसारामा एकताको सहमति भएको गम्भीर आरोप समेत लगाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘हाहा.. जनतामा जाने साहस नहुनेले प्रधानमन्त्री बन्ने सपना देखेछ ! …. सिंहदरबार जलाउने र जेनजीको हत्या गर्नेहरूले विदेशीको इशारामा देश चलाउने रे !’



