सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

आक्रोशको प्रतीकदेखि सत्ताको समीकरणसम्म बालेन्द्र शाह

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
आक्रोशको प्रतीकदेखि सत्ताको समीकरणसम्म बालेन्द्र शाह
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
रमेश कुमार बोहोरा
नेपाली राजनीतिमा पात्र फेरिनु कुनै नौलो कुरा होइन । समयसँगै अनुहार बदलिन्छन्, नाम बदलिन्छन्, दलका झण्डा फेरिन्छन् । तर पात्रसँगै राजनीतिक संस्कार, दृष्टिकोण र उत्तरदायित्व पनि बदलिन्छ कि बदलिँदैन भन्ने प्रश्न भने सधैँ अनुत्तरितझैँ रहँदै आएको छ । यही प्रश्नको केन्द्रमा आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह उभिएका छन् । स्थानीय सरकारको नेतृत्वबाट राष्ट्रिय राजनीतितर्फ उन्मुख हुँदै गर्दा उनले बोकेको अपेक्षाको भारी सामान्य छैन । यो कुनै एक व्यक्तिको राजनीतिक यात्राको मात्र कथा होइन । यो समकालीन नेपाली समाजको निराशा, आक्रोश र आशा तीनैको संयुक्त प्रतिबिम्ब हो ।
बालेन्द्र शाहको उदय दलतन्त्र र नेतातन्त्रप्रति बढ्दै गएको असन्तुष्टिको प्रत्यक्ष परिणाम हो । २०७९ सालको स्थानीय तह निर्वाचनमा ६१ हजार ७ सय ६७ मतसहित काठमाडौं महानगरको मेयर निर्वाचित हुँदा उनले केवल चुनाव जितेका थिएनन् । उनले स्थापित राजनीतिक संरचनामाथि प्रश्न उठाउँदै वैकल्पिक नेतृत्वको खोजलाई मूर्त रूप दिएका थिए । त्यो मत कुनै संगठित वैचारिक आन्दोलनको परिणाम थिएन । त्यो मत कुनै दीर्घकालीन राजनीतिक संघर्षको निरन्तरता पनि थिएन । त्यो मत मूलतः थाकेको समाजको आवेग, वितृष्णा र आक्रोशको अभिव्यक्ति थियो ।
त्यसपछिका महिनाहरूमा बालेन्द्रको लोकप्रियता निरन्तर उकालो लाग्यो । पुराना दल र तिनका नेताप्रति वितृष्ण बनेको समाजले बालेनमा ‘भिन्नता’ देख्यो । उसले ‘आशा’ देख्यो र अझ महत्त्वपूर्ण कुरा उसले ‘प्रतिरोध’ को सम्भावना देख्यो । यही सम्भावनाले बालेनलाई एक स्थानीय जनप्रतिनिधिबाट राष्ट्रिय चासोको पात्र बनायो । तर लोकप्रियता आफैंमा नीति होइन । समर्थन आफैंमा दृष्टिकोण होइन र भीड आफैंमा संस्थागत क्षमता होइन । स्थानीय तहमा देखिएको ‘डेलिभरी’ स्वतः राष्ट्रिय तहमा रूपान्तरण हुन्छ भन्ने मान्यता स्वयं खतरनाक हुन्छ ।
बालेन्द्रको लोकप्रियता वैचारिक स्पष्टताको परिणाम होइन । यो असन्तुष्ट समाजको मनोवैज्ञानिक प्रतिक्रिया हो । यो त्यस्तो समाजको प्रतिक्रिया हो जसले पुराना राजनीतिक विकल्पमा आफूलाई देख्न छोडिसकेको छ । यही समाजले तत्कालीन आवेगलाई नेता खोज्ने प्रक्रियामा बालेन्द्रलाई केन्द्रमा राखेको छ । तर आवेग र नेतृत्वबीच ठूलो दूरी हुन्छ । आवेग क्षणिक हुन्छ । नेतृत्व दीर्घकालीन ।
यही सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भएको सहमतिले नेपाली राजनीतिमा गहिरो तरंग पैदा गरेको छ । केही दिनको छलफलपछि शक्ति बाँडफाँटमा आधारित सहमति सार्वजनिक हुनु सामान्य राजनीतिक घटना होइन । बालेनले रविलाई पार्टी अध्यक्ष स्वीकार्ने र रविले बालेनलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने सहमति केवल चुनावी तालमेल मात्र होइन । यो सत्ता–केन्द्रित राजनीतिक समझदारीको स्पष्ट संकेत हो । यसले बालेनको ‘एन्टी इस्टाब्लिसमेन्ट’ छविमा गम्भीर प्रश्न खडा गरेको छ ।
यस सहमतिपछि दुई धारको प्रतिक्रिया देखिएको छ । एकथरीले यसलाई वैकल्पिक राजनीतिले संस्थागत रूप लिने सुरुवातका रूपमा व्याख्या गरेका छन् । अर्काथरीले भने यसलाई नयाँ अनुहारले पनि अन्ततः पुरानै सत्ता राजनीतिको बाटो रोजेको उदाहरणका रूपमा हेरेका छन् । यही द्वन्द्वले एउटा गहिरो प्रश्न जन्माएको छ के यो एकता वैचारिक र संरचनात्मक सुधारका लागि हो कि केवल निर्वाचन जित्ने र सत्ताको गणित मिलाउने प्रयास ?
बालेन्द्रको राजनीतिक छवि ‘एन्टी इस्टाब्लिसमेन्ट’ को रूपमा निर्माण भएको हो । उनले काठमाडौं महानगरमा देखाएको निर्णय क्षमता, साहस र जोखिम लिन सक्ने आँटले उनलाई जनप्रिय बनायो । पार्किङ व्यवस्थापन, डिजिटल सेवा विस्तार, शिक्षा र स्वास्थ्य क्षेत्रमा सहुलियत, प्रशासनिक ढिलासुस्ती तोड्ने प्रयास, अनधिकृत संरचनामाथि कठोर कारबाही यी सबै कदमलाई आम नागरिकले सकारात्मक रूपमा लिए । धेरैले यसलाई ‘काम गरेर देखाउने नेतृत्व’ को संकेत माने । तर यही क्रममा संवाद, सहमति र संवेदनशीलताको अभाव पनि उत्तिकै प्रस्ट देखियो । टुकुचा उत्खनन, सुकुम्बासी बस्तीमा डोजर प्रयोग, फुटपाथ व्यापारीप्रति कठोर व्यवहारजस्ता विषयमा पर्याप्त गृहकार्य, वैकल्पिक योजना र सामाजिक संवाद कमजोर देखियो । यसले बालेन्द्रको कार्यशैलीलाई ‘आवेगप्रधान’ र ‘व्यक्तिकेन्द्रित’ भन्ने आलोचनाको घेरामा ल्यायो । स्थानीय तहमा यस्तो शैली विवादास्पद हुन्छ । राष्ट्रिय राजनीतिमा भने यस्तो शैली झन् जोखिमपूर्ण हुन्छ । किनकि राष्ट्र–राज्य कुनै महानगरजस्तो एकल प्रशासनिक संरचनाबाट होइन, बहुआयामिक शक्ति सन्तुलन, संवैधानिक मर्यादा र संस्थागत संयमताबाट चल्छ ।
बालेन्द्रको अर्को गम्भीर चुनौती उनको संवाद शैली हो । सामाजिक सञ्जालमार्फत व्यक्त हुने उनको ठाडो, कटाक्षपूर्ण र कहिलेकाहीँ उग्र अभिव्यक्तिले समर्थकलाई त उत्साहित बनाएको छ । तर राष्ट्रिय नेताका रूपमा आवश्यक संयमता, धैर्यता र गरिमामाथि प्रश्न पनि उठाएको छ । लोकतन्त्र आलोचना सहन सक्ने प्रणाली हो । असहमति र प्रतिपक्षी दृष्टिकोणलाई स्वीकार्न नसक्ने नेतृत्व लोकतान्त्रिक अभ्यासमा दीर्घकालीन हुन सक्दैन ।
राष्ट्रिय राजनीतिमा प्रवेश गरेसँगै अब बालेन्द्रमाथि केवल ‘काम’ को होइन ‘दृष्टिकोण’ को पनि परीक्षा सुरु भएको छ । संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता, आर्थिक नीति र विदेश नीति यी विषयमा उनको स्पष्ट र सार्वजनिक धारणा के हो ? अहिलेसम्म यी प्रश्नको ठोस, लिखित र संस्थागत जवाफ आएको छैन । केही जेनजी प्रतिनिधिसँगको संवादमा उनले संविधान र गणतन्त्रको पक्षमा रहेको बताएका छन् भन्ने कुरा बाहिर आएको छ । तर मौखिक अभिव्यक्ति पर्याप्त हुँदैन । राजनीतिक दृष्टिकोण नीति, दस्तावेज र व्यवहारमार्फत प्रमाणित हुनुपर्छ ।
जेनजी आन्दोलन स्वयं नेपाली राजनीतिमा एउटा निर्णायक मोड थियो । २०८२ साल भदौ २३ र २४ गते देखिएको युवाको आक्रोशले परम्परागत राजनीतिलाई खुला चुनौती दियो । त्यो आन्दोलनको नेतृत्व, उद्देश्य र गन्तव्यबारे बहस जारी छ । तर एउटा तथ्य निर्विवाद छ । त्यो आक्रोशले मौन समाजलाई बोल्न बाध्य बनायो । र त्यस आक्रोशको प्रतीक पात्रका रूपमा बालेन्द्र शाह स्थापित हुँदै गएका छन् । यही कारण उनीमाथि अपेक्षाको भारी झन् बढेको छ ।
तर आक्रोशको प्रतिनिधि हुनु र राज्य सञ्चालनको नेतृत्व गर्नु एउटै कुरा होइन । आक्रोश तत्कालीन ऊर्जा हो । शासन दीर्घकालीन जिम्मेवारी । यदि बालेन्द्रले आफूलाई केवल ‘विरोधको प्रतीक’ बाट ‘परिपक्व विकल्प’ मा रूपान्तरण गर्न सकेनन् भने उनी पनि भीडको अर्को क्षणिक नायकमा सीमित हुने जोखिममा छन् । इतिहासमा नेपाली राजनीति यस्ता क्षणिक नायकले भरिएको छ ।
अझ गम्भीर प्रश्न सुशासनसँग जोडिएको छ । रवि लामिछाने सहकारी ठगी प्रकरणमा अदालतको अन्तिम फैसला नआएसम्म अभियुक्तकै हैसियतमा छन् । यस्तो अवस्थामा सुशासन, पारदर्शिता र नैतिकताको नारासहित अगाडि बढ्ने दाबी गर्ने बालेनले यस्तो सहकार्यलाई कसरी न्यायोचित ठहर गर्छन् ? राजनीति भावनाले मात्र होइन नैतिक मापदण्डले पनि चल्नुपर्छ । यही प्रश्न आज सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म घुमिरहेको छ ।
इतिहासमा काठमाडौंका मतदाताले ‘गणेशमानले लौरो उठाए पनि जित्छ’ भन्ने उक्ति प्रयोग गर्थे । त्यो लौरो त्याग, संघर्ष र नैतिक उचाइको प्रतीक थियो । आज त्यही लौरोको रूपक बालेनसँग जोडिँदै छ । तर यो तुलना खतरनाक छ । गणेशमान सिंहको राजनीतिक उचाइ दीर्घकालीन संघर्षको उपज थियो । बालेनको लोकप्रियता भने मुख्यतः असन्तुष्टिको अभिव्यक्ति हो । यी दुईबीच ऐतिहासिक, वैचारिक र नैतिक धरातलमा तुलना हुन सक्दैन ।
आज ‘बालेनसँग सहकार्य गर्‍यो भने चुनाव जितिन्छ’ भन्ने मनोविज्ञान विकसित हुँदै छ । यही मनोविज्ञानले मिडिया हाइप सिर्जना गरेको छ । तर राजनीतिमा हाइप दीर्घकालीन हुँदैन । जनअपेक्षा पूरा नभए हाइप नै सबैभन्दा ठूलो बोझ बन्छ ।
नेपाली राजनीति आज जटिल मोडमा उभिएको छ । विश्वासको संकट गहिरिँदै छ । संस्थागत कमजोरी, अदृश्य शक्ति र अस्वाभाविक घटनाक्रमले प्रणालीलाई अस्थिर बनाएको छ । यही बेला प्रियतावादी राजनीति आकर्षक देखिन्छ । प्रियतावादले सरल उत्तर दिन्छ । जटिल प्रश्नलाई भावनामा रूपान्तरण गर्छ । तर राज्य सञ्चालन भावनाबाट होइन, नीतिबाट चल्छ ।
अब बालेन्द्रसामु स्पष्ट विकल्प छ । उनी या त प्रियतावादको लहरमा सत्तातर्फ हतारिने पात्र बन्न सक्छन् । वा जनअपेक्षाको भारी बोकेर नीति, दृष्टिकोण र संस्थागत सुधारको कठिन बाटो रोज्न सक्छन् । यो परीक्षा सजिलो छैन । तर यही परीक्षाले उनको वास्तविक राजनीतिक हैसियत निर्धारण गर्नेछ ।
राष्ट्रिय राजनीतिमा बालेन्द्रको प्रवेशले एउटा युगीन प्रश्न उठाएको छ के नेपाली समाजले नयाँ अनुहार मात्र खोजेको हो कि नयाँ राजनीतिक संस्कार पनि ? यसको उत्तर उनका भाषणले होइन । उनका निर्णय, नीति र व्यवहारले दिनेछन् । अपेक्षाको भारी काँधमा बोकेर हिँड्नु साहसको कुरा हो । त्यो भारी बोक्न सक्ने कि त्यसैको चापमा थिचिएर लड्ने, इतिहासले होइन समयले छिट्टै फैसला गर्नेछ ।
(लेखक:- बोहोरा अर्थ सवाल साप्ताहिकका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव हुनुहुन्छ)

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

८ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक