बिहि, माघ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अर्थशास्त्रमा भविष्य खोज्दै हजारौं विद्यार्थी

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
अर्थशास्त्रमा भविष्य खोज्दै हजारौं विद्यार्थी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं ।  मुलुकभरका १४ प्रमुख शहरमा एकसाथ १ हजार बढी विद्यार्थीहरूको उत्साहजनक सहभागिताका साथ शनिबार (डिसेम्बर २७) नेपाल इकोनोमिक्स ओलम्पियाड (एनइओ) को सन् २०२६ सत्र अन्तर्गतको क्षेत्रीय छनोट चरण सम्पन्न भएको छ। नेपाली युवापुस्तामा अर्थशास्त्र, वित्त तथा नीति निर्माणप्रति बढ्दो आकर्षणलाई उजागर गर्दै यस वर्षको क्षेत्रीय चरणमा देशभरबाट २ हजार १ सय ३१ जनाले आवेदन दिएकोमा १ हजार ४७ विद्यार्थीले प्रत्यक्ष रूपमा परीक्षामा सहभागिता जनाए। यो सहभागिता संख्या ओलम्पियाडको इतिहासमै सर्वाधिक हो।

आयोजकका अनुसार क्षेत्रीय चरणको नतिजा आगामी पुस २० गते (जनवरी ४) सार्वजनिक गरिनेछ। नतिजा प्रकाशनसँगै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि विद्यार्थी छनोटको कठोर र चरणबद्ध प्रक्रिया सुरु हुनेछ। क्षेत्रीय परीक्षाबाट उत्कृष्ट ठहरिएका ३ सय विद्यार्थीलाई देशभरबाट छनोट गरी दुई महिने ‘भर्चुअल क्लोज्ड क्याम्प’ (Closed Camp) मा सहभागी गराइनेछ। उक्त क्याम्पमा प्रदर्शन गरिएको क्षमताका आधारमा पुनः उत्कृष्ट ६० जनालाई छनोट गरी काठमाडौँ बोलाइनेछ। काठमाडौँमा हुने तीनदिने सघन ‘इन्टेन्सिभ बुटक्याम्प’ (Intensive Bootcamp) पश्चात मात्र नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा जाने अन्तिम टोलीको टुंगो लाग्नेछ।

एनइओले आफ्नो पहुँचलाई विकेन्द्रीकृत गर्दै काठमाडौँ उपत्यकासहित वीरगञ्ज, चितवन, इटहरी, हेटौंडा, बुटवल, नेपालगञ्ज, विराटनगर, पोखरा, सुर्खेत, जनकपुर, दाङ, धनगढी र काभ्रेमा परीक्षा केन्द्रहरू सञ्चालन गरेको थियो। सातै प्रदेश समेट्ने गरी तयार पारिएको यो संरचनाले दुरदराजका प्रतिभालाई मूलधारमा ल्याउन कोसेढुङ्गा सावित हुने विश्वास लिइएको छ। कार्यक्रमलाई शैक्षिक ज्ञानमा मात्र सीमित नराखी एनइओले रणनीतिक साझेदारहरूसँगको सहकार्यमा व्यावहारिक आयाम समेत थपेको छ। टाइटल स्पोन्सर ‘एलाईट सिए’ (Elite CA) ले सबै केन्द्रमा ‘फाइनान्सियल मास्टरक्लास’ सञ्चालन गर्दै चार्टर्ड एकाउन्टेन्सी र वृत्ति विकासबारे प्रशिक्षण दियो भने उत्कृष्ट पाँच विजेतालाई पूर्ण छात्रवृत्ति घोषणा गर्यो। त्यस्तै, भारतस्थित ‘मास्टर्स युनियन’ (Masters’ Union) ले काठमाडौँ र पोखरामा ‘फाइनान्सियल लिट्रेसी गेम्स’ मार्फत विद्यार्थीलाई शेयर बजारको प्रत्यक्ष अनुभव दिलायो। प्रभु बैंक (Prabhu Bank) र नबिल बैंक (Nabil Bank) जस्ता वित्तीय संस्थाहरूले पनि विभिन्न केन्द्रमा डिजिटल बैंकिङ साक्षरता सत्रहरू सञ्चालन गरे।

यस वृहत् कार्यक्रमको व्यवस्थापन केन्द्रीय संयोजक सन्ध्या चौलागाईंको नेतृत्वमा सम्पन्न भएको हो। काठमाडौँ केन्द्रको संयोजन दीपेन्द्र सुनारले सम्हालेका थिए भने मोफसलका १३ शहरहरूमा रामविनय शर्मा (वीरगञ्ज), अनिश शर्मा (चितवन), आरुषि ढकाल (इटहरी), शिवम मिश्र (हेटौंडा), लेखनाथ अधिकारी (बुटवल), सागर श्रेष्ठ (नेपालगञ्ज), प्रशान्त यादव (विराटनगर), इमन रेग्मी (पोखरा), रिदम बस्नेत (ललितपुर/काभ्रे), विपिन महतारा (सुर्खेत), कुशल शाही (जनकपुर), रूपक खनाल (दाङ) र तुलसी भट्ट (धनगढी) ले स्थानीय संयोजनको भूमिका निर्वाह गरे।

छनोट प्रक्रियाको अन्तिम चरण पार गर्ने शीर्ष प्रतिभाहरूले सन् २०२६ को जुलाई १२ देखि २० सम्म चीनमा आयोजना हुने प्रतिष्ठित ‘इन्टरनेसनल इकोनोमिक्स ओलम्पियाड’ (IEO) मा नेपालको प्रतिनिधित्व गर्नेछन्। आईईओ बाहेक अस्ट्रलेसियन इकोनोमिक्स ओलम्पियाड (AAEO) लाई पनि यस वर्ष विशेष प्राथमिकतामा राखिएको छ, जहाँ नेपाली टोलीले आफ्नो दावेदारी प्रस्तुत गर्नेछ। साथै, जापानमा हुने एसिया इकोनोमिक्स कन्भेन्सन, सिङ्गापुर इकोनोमिक्स ओलम्पियाड र वर्ल्ड इकोनोमिक्स कपजस्ता अन्य प्रतिष्ठित अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि योग्य विद्यार्थीहरूलाई प्रतिस्पर्धाको बाटो खुल्नेछ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै एनइओका निर्देशक दीपक भण्डारीले यो मञ्चले नेपाली युवाहरूलाई शैक्षिक प्रतिस्पर्धाभन्दा माथि उठेर विवेक र निर्णय क्षमताको व्यावहारिक परीक्षा दिने अवसर जुराएको बताए। “हामीले यहाँबाट आगामी दशकका नीति निर्माता र अर्थशास्त्रीहरू उत्पादन हुने अपेक्षा राखेका छौँ,” भण्डारीले भने। त्यस्तै, एनइओका अध्यक्ष अर्जुन सापकोटाले सन् २०१९ देखि सुरु भएको यो अभियानले अनन्तकालसम्म निरन्तरता पाउने बताउँदै, यस मञ्चले देशका कुना–कन्दरामा रहेका विद्यार्थीहरूलाई सधैंभरि अभिप्रेरित गरिरहने विश्वास व्यक्त गरे।

यो पनि पढ्नुहोस्

शिक्षक संगठनहरूलाई मान्यता नदिने

शिक्षामन्त्री महावीर पुनले राजीनामा दिए

२ दिन अगाडि
चिसोमा न्यानोपन बाँड्दै काठमाडौं युरो स्कूल

चिसोमा न्यानोपन बाँड्दै काठमाडौं युरो स्कूल

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

म्याग्दीबाट महावीर पुनकाे उम्मेदवारी

एमालेका नेताहरू उम्मेदवारसँगै मनोनयन दर्ता गर्न निर्वाचन आयोग पुगे

वर्तमान सरकारले अपराधीहरूलाई जोगाउन खोजेको आरोप

ट्रान्स–अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा

‘द ब्ल्यू लाइट’ रिलिज

मौसम मुख्यतया सफा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक