सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

तमु ल्होसार २०८२ पारदिल्हो, पोर्चुगलमा सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
तमु ल्होसार २०८२ पारदिल्हो, पोर्चुगलमा सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पोर्चुगल: । तमु समुदायको मौलिक पहिचान, भाषा, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ तमु समाजद्वारा आयोजित तमु ल्होसार २०८२ आज पोर्चुगलको पारदिल्होमा भव्य, अनुशासित तथा सौहार्दपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमका अध्यक्ष विकाश गुरुङको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा समाजसेवी, साहित्यकार तथा अनेसास पोर्चुगलका सल्लाहकार आर.पी. पन्त प्रमुख अतिथि रहेका थिए। प्रमुख अतिथिले आफ्नो मन्तव्यमा प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृति र पहिचानलाई जगेर्ना गर्दै पुस्तान्तरण गर्न तमु समाजले निर्वाह गरिरहेको भूमिकाको उच्च प्रशंसा गरे । यस्ता कार्यक्रमहरूले समुदायबीच आपसी एकता, सद्भाव र सामाजिक चेतनालाई थप सुदृढ बनाउने विश्वास उहाँले व्यक्त गरे ।

कार्यक्रमको आध्यात्मिक पक्षलाई सशक्त बनाउँदै लामा गुरु धनबहादुर गुरुङले विधिवत् पूजा–आराधना तथा मन्त्रोच्चारण गरेका थिए। उहाँले सहभागी सबैलाई गलामा धागो बाँधी आशीर्वाद प्रदान गर्नुभएको यस अवसरले कार्यक्रमलाई सांस्कृतिक मात्र नभई आध्यात्मिक रूपमा पनि अर्थपूर्ण बनाएको उपस्थितहरूको भनाइ थियो।

कार्यक्रमको सञ्चालन चक्रबिर गुरुङले शालीन, सुसंस्कृत र प्रभावकारी शैलीमा गरेका थिए । कार्यक्रममा विशिष्ट अतिथि सिता थापा तथा अतिथि सारा अलमेदाले कार्यक्रमको व्यवस्थापन, सहभागिता र उद्देश्यप्रति प्रशंसा व्यक्त गरिन्।

त्यसैगरी, Nepalese Community Pardilho का अध्यक्ष प्रकाश खड्काले मन्तव्य राख्दै विदेशमा नेपाली राहदानी बोकेर बसोबास गरिरहेका सबै नेपालीहरूको पीडा, संघर्ष र आकांक्षा साझा रहेको उल्लेख गरे । उहाँले दुःख–सुखमा आपसी सहकार्य र एकताको आवश्यकता औंल्याउँदै प्रवासमा रहेका सबै नेपालीहरू एउटै भावनात्मक सूत्रमा बाँधिएको धारणा व्यक्त गरे ।
सांस्कृतिक कार्यक्रम अन्तर्गत गुरुङ तथा नेपाली भाषामा आधारित गीत–नृत्य प्रस्तुत गरिएको थियो, जसले उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै तमु समुदायको सांस्कृतिक सम्पन्नतालाई उजागर गरेको थियो। कलाकारहरूको प्रस्तुति दर्शकबाट मुक्तकण्ठले प्रशंसित भयो।

प्रवासमा रहेर पनि आफ्नो भाषा, संस्कृति र पहिचानलाई जीवन्त राख्ने तमु समुदायको सामूहिक प्रतिबद्धता, सांस्कृतिक चेतना र सामाजिक एकताको सशक्त उदाहरणका रूपमा सफलतापूर्वक सम्पन्न भएको छ।
एन बी अन्जान

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

८ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक