बुध, माघ ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home लेख

जीबी राई सञ्चालक रहेका सहकारीका पीडित बचतकर्ताले भेटे गृह र अर्थमन्त्री

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
जीबी राई सञ्चालक रहेका सहकारीका पीडित बचतकर्ताले भेटे गृह र अर्थमन्त्री
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

चितवन । जीबी राई सञ्चालक रहेका देशका विभिन्न पाँचवटा सहकारीका पीडित बचतकर्ताहरूले शुक्रबार काठमाडौंमा अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर समस्या निराकरणका लागि पहल गर्न अनुरोध गरेका छन् ।

तीन वर्षयता पटक पटक काठमाडौं पुगेर प्रधानमन्त्री र मन्त्रीलाई भेटे पनि समस्या निराकरण नभएका सहकारीका पीडित बचतकर्ताहरूले जेन–जी आन्दोलनपछि बनेको सरकारका मन्त्रीहरूलाई पहिलो पटक भेटेका हुन् ।

भरतपुरमा मुख्य कार्यालय रहेको सहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाका पीडित बचतकर्ताहरूले गठन गरेको संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले पाँचवटै सहकारीका सञ्चालक रहेका फरार मुख्य प्रतिवादी जीबी राईलाई पक्राउ गर्न माग गर्नुका साथै रकम फिर्ता पाउने आधारहरू पेस गरेको बताए । पीडित बचतकर्ताले मन्त्रीहरूलाई रकम फिर्ता पाउने नौवटा आधारहरू पेस गरेका छन् ।

जसमा यी सहकारीहरूलाई तत्काल संकटग्रस्त घोषणा गर्नुपर्ने, रोक्का भएका सम्पत्ति जफत गरेर बचतकर्ताहरूलाई फिर्ता गर्नुपर्ने, फरार मुख्य प्रतिवादी जीबी राई लगायतलाई तत्काल पक्राउ गर्नुपर्ने रहेका छन् । त्यसैगरी स्थानीय बजारमा छरिएर रहेका ऋणीहरूलाई ऋण तिर्न सरकारले ताकेता गर्नुपर्ने, यी सहकारीका मुद्दाहरूलाई छिट्टो टुंगोमा पुर्‍याउनुपर्ने माग पनि उनीहरूले राखेका छन् ।

‘हामीले गृहमन्त्रीलाई जीबी राईलाई समाउने बारेमा विशेष सक्रियता बढाउन भनेका छौं । अर्थमन्त्रीलाई रकम फिर्ता गराउने बारेमा पहल गर्न भनेका छौं,’ संयोजक दुवाडीले भने । अर्थमन्त्री खनालले यस विषयमा सहकारी मन्त्रालयबाट प्रस्ताव आए छलफल गर्ने बचन दिएको उनले बताए । त्यसैगरी फरार प्रतिवादीहरू समाउन पनि सरकार लागिरहेको गृहमन्त्री अर्यालले बताएको दुवाडीको भनाइ छ ।

जीबी राई नेपाल छाडेर मलेसियामा बस्ने गरेको चर्चा छ । जीबी राई संस्थापक अध्यक्ष र सञ्चालक रहेका चितवनमा सहारा, बुटवलमा सुप्रिम, पोखरामा सूर्योदय, काठमाडौंमा स्वर्णलक्ष्मी र वीरगन्जमा सानो पाइला सहकारी खोलेका छन् । यी पाँच सहकारीबाट करिब ८० हजार बचतकर्ताको आठ अर्ब रुपैयाँ बराबरको रकम हिनामिना भएको पीडितहरूले मन्त्रीलाई बुझाएको पत्रमा उल्लेख छ ।

पाँचै सरकारका प्रतिनिधिहरुले मन्त्रीहरूलाई भेटेका हुन् । आइतबार सहकारी मन्त्रीलाई भेट्ने योजना रहेको दुवाडीले बताए । प्रधानमन्त्रीलाई भेट्ने चाहना रहेपनि पक्का जानकारी नआएको उनले सुनाए । ‘लगभग तीन वर्ष भयो हामी धाउन थालेको । यो बीचका प्रधानमन्त्रीहरू, गृहमन्त्रीहरूलाई पटक पटक भेट्दा पनि समस्या समाधान भएन । अब यो सरकारले केही गर्ला कि भन्ने आशा छ,’ दुवाडीले भने ।

यो पनि पढ्नुहोस्

प्रकृतिलाई जोगाउने कि भयावह संकटको भुँवरीमा पर्ने ?

साम्राज्यबादको नाङ्गो नाच बिरुद्ध सम्पूर्ण उत्पीडित राष्ट्र र जनता भेनेजुएलाको साथमा

९ घण्टा अगाडि
रापास्वाका सभापति रवि लामिछानेसँग बयान लिने तयारी

रास्वपाका सभापति चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाबाट सागर ढकालकाे उम्मेदवारी

लुसिफर, बालेन्द्र र नेपालको राजनीति

एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता  

एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी

रास्वपाका सभापति चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता

पूर्व पर्यटनमन्त्री आलेद्वारा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक