सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चन्द्रौटा महोत्सवमा स्थानीय उत्पादन प्रवर्द्धन, स्थानीय प्रतिभाको प्रदर्शन रहने

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
चन्द्रौटा महोत्सवमा स्थानीय उत्पादन प्रवर्द्धन, स्थानीय प्रतिभाको प्रदर्शन रहने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  । दशौँ चन्द्रौटा कृषि, पर्यटन तथा औधोगिक प्रर्दशनी २०८२ को सम्पूर्ण तयारी पूरा भएको आयोजक चन्द्रौटा उद्योग वाणिज्य संघले जनाएको छ। शनिबार पत्रकार सम्मेलन मार्फत पौष १३ गतेदेखि शिवराज नगरपालिका चन्द्रौटामा सुरु हुने महोत्सवको सबै तयारी सम्पन्न भएको जानकारी दिइएको हो । जिल्लाकै महत्वपूर्ण मेलाका रूपमा परिचित चन्द्रौटा महोत्सवमा यस वर्ष दर्शकले नयाँ आकर्षण र फरक अनुभव पाउने आयोजकको भनाइ छ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथी नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालले महोत्सवको प्रचार–प्रसारमा मिडियाले सकारात्मक भूमिका खेल्ने बताउनुभयो । भुसालले पछिल्ला वर्षहरूमा महोत्सवहरू व्यवसायिक मोडतर्फ अघि बढिरहे पनि, स्थानीय उत्पादन र प्रतिभाको प्रवर्द्धन लाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। प्रतिष्पर्धा भन्दापनि एक आपसमा सहकार्यगर्दै अगाडी बढ्न सकेमा यसले फाइदा हुने बताउनुभयो । कोभिड–१९ महामारी पछि देशको अर्थतन्त्र कमजोर बनेको उल्लेख गर्दै उहाँले व्यवसायिक वातावरण अझै नरहेको बताउनुभयो ।

यस्तै चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष ईस्वरी पाण्डेले चन्द्रौटामा विगतमा भएका घटना तथा द्वन्द्वको स्मरण गर्दै प्रभावित क्षेत्रलाई देशभर चिनाउन यस्ता मेलाहरूले महत्वपूर्ण योगदान दिएको बताउनुभयो। उहाँका अनुसार महोत्सवमा स्थानीय उत्पादन प्रवर्द्धन, स्थानीय प्रतिभाको प्रदर्शन तथा जेष्ठ नागरिक सम्मानको विशेष व्यवस्था रहनेछ। यसैगरी यसवर्ष मम्मी डान्स आईडल पनि रहने जानकारी दिनुभयो । लन्डन ब्रिज, जलपरी, आइफिल टावर लगायतका संरचनात्मक आकर्षणसँगै देशभर चर्चित कलाकारहरूको प्रस्तुति महोत्सवको मुख्य आकर्षण रहने पाण्डेको भनाइ छ।

यस्तै, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य जमसेद अलि मियाले महोत्सव संचालन गर्दा चन्द्रौटाबाट अर्थतन्त्र बाहिर जानुभन्दा पनि यहाँ नै व्यापारिक गतिविधि बढ्ने बताउनुभयो । इतिहासमा थुप्रै चुनौती झेलेको चन्द्रौटा हाल शान्ति क्षेत्रको रूपमा विकास हुँदै गएको बताउँदै मियाले पछिल्ला दुई वर्ष देशको अर्थतन्त्र कमजोर भए पनि यस्ता व्यापारिक महोत्सवले स्थानीय बजारलाई चलायमान बनाउने टिप्पणी गर्नुभयो।

कार्यक्रममा चन्द्रौटा उद्योग वाणिज्य संघका पदाधिकारीसहित जिल्लाभरका सञ्चारकर्मीको उपस्थिति रहेको थियो। पत्रकारहरूले महोत्सवलाई रात्रीकालीन भन्दा साँझमै समापन गर्ने, महोत्सव स्थललाई रंगशालाका रूपमा विकास गर्न पहल गर्ने तथा सफाइ व्यवस्थापनलाई प्राथमिकता दिन सुझाव दिएका छन्। अजय मिश्र

यो पनि पढ्नुहोस्

शहिद रमेश महतोको शालिकमा बालेनले फूलमाला अर्पण गर्दै अभियान थाले

शहिद रमेश महतोको शालिकमा बालेनले फूलमाला अर्पण गर्दै अभियान थाले

१७ मिनेट अगाडि
जनकपुरबाट रास्वपाकाे चुनावीसभा

जनकपुरबाट रास्वपाकाे चुनावीसभा

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

सेयर बजारमा सबै सूचक बढ्याे

खोला मापदण्डविरुद्ध  प्रदर्शन

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

चुनावका विषयमा निर्णय नगरेको प्रष्ट

मनोनयन स्थगित हुनुपर्ने देउवा समूहकाे माग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक