काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन शाह र कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपासँग)को सहमतिमा हस्ताक्षर गर्नुअघि घिसिङ र बालेनबीच भेटवार्ता हुने भएको हो ।
कुलमान घिसिङनिकट स्रोतले पनि बालेन र घिसिङबीच भेटवार्ता हुने पुष्टि गरेको छ ।
शुक्रबार राति बालेन आफूनिकटका व्यक्तिहरुसँग गोदाबारीमा थिए । सामाजिक संजालमा रवि-बालेन र कुलमानबीच गए राति भेट भएको चर्चा रहे पनि शुक्रबार राति बालेन, भुपदेव शाह, कुमार बेन, केपी खनाललगायतका व्यक्तिसँग गोदाबारीमै रहेको स्रोतको भनाइ छ ।


