काठमाडाैं । बंगलादेश प्रिमियर लिगको सिजनको पहिलो खेल खेलेका नेपालका लेगस्पिनर सन्दीप लामिछानले दुई विकेट लिएका छन्।
सन्दीपले राजशाही वारियर्सका लागि सिलेट टाइटन्सविरूद्ध पहिलो खेलमा दुई विकेट लिँदा ४३ रन खर्चिए। उनले ७ बल डट फ्याँक्दा २ चौका र ३ छक्का दिए। सन्दीपले खेलमा हर्जातुल्लाह जजाइलाई २० रनमा मुस्फिकर रहिमबाट स्टमपिन गराउँदा ओपनिङ ब्याटर रोनी तालुकदार ४१ रनमा बोल्ड गरे। टस जितेको राजशाहीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सिलेटले ४ विकेटको क्षतिमा १९० रनको विशाल योगफल तयार गरेको छ। आजदेखि सुरू भएको लिगमा राजशाही र सिलेटसहित ६ टोलीले भाग लिएका छन्। Laxmi bank भ्रष्टाचार भएको विषयमा छानविन प्रतिवेदन तयार भएको दुई महिनापछि लिग सुरु भएको हो।


