सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

जापानमा सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
0
२५ प्रतिशत भन्सारबाट देशलाई छुट नदिनु ‘खेदजनक’

Japanese state flag waving on the wind against the sky

2.2k
SHARES
27k
VIEWS
Share on Facebook

टोकियो । जापान सरकारले आर्थिक वर्ष सन् २०२६ का लागि हालसम्मकै सबैभन्दा ठूलो रक्षा बजेट प्रस्ताव गरेको छ । स्थानीय सञ्चार माध्यमका अनुसार प्रस्तावित रक्षा बजेट नौ खर्ब चार अर्ब येन पुगेको छ, जुन करिब ५८ अर्ब अमेरिकी डलर बराबर हुन्छ ।

यो रकम चालु आर्थिक वर्ष सन् २०२५ का लागि तोकिएको आठ खर्ब ७० अर्ब येनको प्रारम्भिक रक्षा बजेटभन्दा बढी हो । प्रस्तावित बजेट सन् २०२३ देखि २०२७ सम्मको अवधिमा करिब ४३ खर्ब येन रक्षा क्षेत्रमा खर्च गर्ने जापानको दीर्घकालीन योजनाअनुसार तय गरिएको हो ।

बजेटअनुसार तटीय सुरक्षा मजबुत बनाउन ‘शिल्ड’ नामक तहबद्ध रक्षा प्रणाली निर्माणका लागि १०० अर्ब १० करोड येन विनियोजन गरिएको छ । यस प्रणालीका लागि हवाई, समुद्री सतह तथा पानीमुनि प्रयोग हुने विभिन्न प्रकारका सवारी साधन आवश्यक पर्ने जनाइएको छ । साथै, हवाई क्षेत्र उल्लङ्घनको निगरानी गर्न लामो समयसम्म उड्न सक्ने मानवरहित यान प्रयोगको सम्भावना अध्ययन गर्न एक अर्ब १० करोड येन छुट्याइएको छ ।

यसैबिच, गत अप्रिल १ गते स्वीकृत चालु आर्थिक वर्षको १८ खर्ब ३० अर्ब येनको पूरक बजेटमा सुरक्षा र कूटनीतिका लागि एक खर्ब ७० अर्ब येन समावेश गरिएको छ । यसले जापानलाई रक्षा सम्बन्धी खर्चलाई कुल राष्ट्रिय उत्पादनको दुई प्रतिशत पुर्याउने लक्ष्य आर्थिक वर्ष २०२५ भित्रै हाँसिल गर्न सहयोग पुग्ने बताइएको छ, जुन पहिले तय गरिएको समयभन्दा दुई वर्ष अगावै हो ।

दशकौँसम्म जापानले रक्षा बजेटलाई कुल राष्ट्रिय उत्पादनको करिब एक प्रतिशत, अर्थात् झन्डै ५ खर्ब येनमा सीमित राख्दै आएको थियो । तर व्यापक जनविरोधका बाबजुद जापान सरकारले सन् २०२२ मा आर्थिक वर्ष २०२७ सम्म रक्षासम्बन्धी खर्चलाई क्रमशः कुल राष्ट्रिय उत्पादनको दुई प्रतिशतसम्म पुर्याउने लक्ष्य तय गरेको थियो । सिन्ह्वा

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

८ घण्टा अगाडि
इन्डोनेसियामा हराएको विमानको भग्नावशेष फेला

इन्डोनेसियामा हराएको विमानको भग्नावशेष फेला

११ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

बालेनले मेयर पदबाट राजिनामा दिए

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक